मुख्यमन्त्री सिँहले गरे चुरे संरक्षणमा बेलायती सहयोगको अपेक्षा

1 महीना पहिले प्रकाशित

जनकपुरधाम ,कार्तिक २६ सोमबार 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले नेपालको विकास प्रक्रियामा बेलायती सहयोगको सराहना गरेका छन् । उनले नेपालको विकासमा बेलायतको निरन्तर, उत्साहप्रद र उपलब्धिमूलक सहयोग रहँदै आएको भन्दै पछिल्लो समयमा नेपालका भुइँतहका आवश्यकताअनुसार सहयोग परियोजना सञ्चालन गर्ने बेलायती सरकारको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे । 

बेलायत सरकारको वातावरण मैत्री आर्थिक वृद्धि कार्यक्रमका टोली नेता सामसहितका अधिकारीहरूसँग जनकपुरधाम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्री सिँहले मधेश प्रदेशसहित देशले जलवायु परिवर्तन लगायत पर्यावरणीय संकट भोगिरहेको भन्दै नेपाललाई हरितपथ विकासमा ल्याउन वैदेशिक लगानी आउनु सुखद रहेको बताए । 

उनले देशले कम कार्बन उत्सर्जन गरे पनि त्यसबापत पाउनुपर्ने क्षतिपूर्तिका विषयमा अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुुनुपर्ने विषयमा नेपाल सरकारले गराउँदै आएको ध्यानाकर्षण बारे चर्चा गर्दै जलवायु परिवर्तनका कारण मधेश प्रदेशले बाढीपहिरो, खेतीयोग्य जग्गाको कटान, पटान र भसान, खानेपानी तथा सिँचाइ जलको सङ्कट आदि भोगिरहेको उल्लेख गरे । 

उनले भने, ‘गर्मीयाममा सुख्खा हुन्छ । जाडोयाम जानेबेलामा ठिहिर्याउने चिसो हुन्छ होला । अहिले स्वेटर लगाउने बेलामा पसिनाले निथ्ु्रक्क भिजाइरहेको छ ।’

मुख्यमन्त्री सिँहले चुरे संरक्षणका लागि पुनर्जलीयकरण र जलपुनर्भरण गरी भूमिगत जलको सतहवृद्धि गर्ने, मधेश प्रदेशको पूर्वदेखि पश्चिमसम्म नदी जोड्ने योजनाबाट पानी व्यवस्थापन गर्ने, बगरलाई पुनः कृषि भूमिमा परिणत गर्ने, बाढी व्यवस्थापन गरी सिँचाइ जलको उपलब्धता बढाउने योजनामा प्रदेश सरकारले काम गरिरहेको भन्दै ती काममा बेलायती सहयोगको अपेक्षा गरे । 

मुख्यमन्त्री सिँहले प्रदेश सरकार सार्वजनिक तथा निजी साझेदारीमा औद्योगिकीकरणको सम्भावनामाथि नीतिगत तथा कार्यगत प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै प्रदेशमा ठूलठूल्ला उद्योग स्थापना गर्न बेलायत सरकारमार्फत वैदेशिक लगानीको अपेक्षा समेत गरे । 

उनले प्रदेश सरकारको महत्वाकांक्षी, अपरिहार्य र महत्त्वपूर्ण योजनाका रूपमा रहेका आइटी पार्क, साक्षरता अभियान र टिच फर मधेशमा समेत बेलायती सहयोगको खाँचो रहेको औँल्याए । 

मुख्यमन्त्री सिँहले प्रदेशको आवश्यकताअनुसार आफ्नो आग्रहमा बेलायत सरकारले फोहोरमैला व्यवस्थापन, पर्यटन विकासलगायत परियाजनाबारे अध्ययन गरिरहेकोमा सोको उच्च प्रशंसा गर्दै इनोभेसन सेन्टर, शिक्षकका लागि एड्भान्स तालिम केन्द्र आदिका लागि पनि बेलायत सरकारको मद्दत आवश्यक भएको बताए । ग्रीन ग्रोथ नेपाल बेलायत सरकारको नयाँ कार्यक्रम हो । 

सन् २०२४ देखि २०३१ सम्म सञ्चालन हुने यो कार्यक्रमले नेपालमा हरित, दिगो र समावेशी विकासलाई बढावा दिनेछ ।

कार्यक्रमले स्थायी आर्थिक नीतिलाई मजबुत गर्दै हरित र जलवायु मैत्री आधारभूत संरचना, हरित उद्योग र सेवामा लगानी विस्तार गर्नेछ । यसले नेपालको सतत् विकासलाई रेखांकित गर्दै पर्यावरण र प्राकृतिक सम्पदाको रक्षा गर्दैै समृद्धिमा मद्दत गर्नेछ । कार्यक्रमले हरित, जलवायुमैत्री र कम कार्बन उत्सर्जन हुने सहरीकरण लगायत पूर्वाधार विकासमा जोड दिनेछ ।

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..

  जनकपुर धाम  आज , पुस ५ गते शुक्रबार    जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको..

  जनकपुर धाम, पुस ४ बिहीबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहम..

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते    धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको ..