देवानगञ्जमा लक्ष्मी पूजाको अवसरमा भव्य कुश्ती दंगल प्रारम्भ

12 महीना पहिले प्रकाशित

 

लक्ष्मण यादव

सुनसरी, कार्तिक ७ गते

 

श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आजदेखि भव्य कुश्ती दंगल सुरु भएको छ।दुई दिनसम्म चल्ने यो प्रतियोगिता भोलि कार्तिक ८ गतेसम्म जारी रहनेछ।कार्यक्रमको आयोजना श्री लक्ष्मी पूजा समितिले गरेको हो। दंगलमा भारतका साथै देशका विभिन्न स्थानका नामुद पहलवानहरूले सहभागिता जनाएका छन्।

 

उदघाटन कार्यक्रम देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले गर्नुभएको हो। उदघाटन गर्दै अध्यक्ष् मेहताले यो प्रतियोगिताको उद्देश्य परम्परागत खेलकुद संस्कृति जोगाउने र युवाहरूमा खेलप्रतिको आकर्षण बढाउने रहेको बताएका छन ।

सो अवसरमा समितिका अध्यक्ष उग्र नारायण यादवले दंगल जस्ता परम्परागत खेलकुदले सामाजिक एकता, अनुशासन र स्वस्थ जीवनशैलीको सन्देश दिन सहयोग पुर्याउने बताउनुभयो।

 

कार्यक्रममा आज हजारौँ दर्शकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।भोलि दोस्रो दिन पनि रोचक तथा प्रतिस्पर्धात्मक खेल प्रदर्शन हुने अपेक्षा गरिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..