देवानगञ्जमा लक्ष्मी पूजाको अवसरमा भव्य कुश्ती दंगल प्रारम्भ

3 महीना पहिले प्रकाशित

 

लक्ष्मण यादव

सुनसरी, कार्तिक ७ गते

 

श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आजदेखि भव्य कुश्ती दंगल सुरु भएको छ।दुई दिनसम्म चल्ने यो प्रतियोगिता भोलि कार्तिक ८ गतेसम्म जारी रहनेछ।कार्यक्रमको आयोजना श्री लक्ष्मी पूजा समितिले गरेको हो। दंगलमा भारतका साथै देशका विभिन्न स्थानका नामुद पहलवानहरूले सहभागिता जनाएका छन्।

 

उदघाटन कार्यक्रम देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले गर्नुभएको हो। उदघाटन गर्दै अध्यक्ष् मेहताले यो प्रतियोगिताको उद्देश्य परम्परागत खेलकुद संस्कृति जोगाउने र युवाहरूमा खेलप्रतिको आकर्षण बढाउने रहेको बताएका छन ।

सो अवसरमा समितिका अध्यक्ष उग्र नारायण यादवले दंगल जस्ता परम्परागत खेलकुदले सामाजिक एकता, अनुशासन र स्वस्थ जीवनशैलीको सन्देश दिन सहयोग पुर्याउने बताउनुभयो।

 

कार्यक्रममा आज हजारौँ दर्शकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।भोलि दोस्रो दिन पनि रोचक तथा प्रतिस्पर्धात्मक खेल प्रदर्शन हुने अपेक्षा गरिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १४ गते    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच..

  राष्ट्रिय आवाज जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका माग..

  ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १३ गते आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै..

  ईन्द्र भुषण यादव जनकपुरधाम, माघ ८ गते मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल..

    राष्ट्रिय आवाज जनकपुरधाम, माघ ७ गते धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता म..