सिरहामा मनाईयो भव्यताकासाथ भगवान श्री चित्रगुप्त पुजनोत्सव

10 महीना पहिले प्रकाशित

 

धिरेश दत्त

 कात्तिक ७ गते, शुक्रबार

जनकपुरधाम

सिरहामा भगवान श्री चित्रगुप्त पुजनोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

मैथिल कायस्थ (देवान जी) समुदायहरुको वंशज रहेका भगवान श्री चित्रगुप्त जी महाराजको पुजनोत्सव चित्रान्स समाज सिरहाद्वारा हरेक वर्ष जस्तै यस बर्ष पनि भव्यताकासाथ सम्पन्न गरेका छन् ।

चित्रगुप्त हिन्दू सनातन विश्वासमा एक देवताका रूपमा पुज्य देवता हुन् । उनलाई पृथ्विका हरेक मानिसका पाप, धर्म, काम र कर्तव्यको अभिलेख राख्ने देवताको रूपमा चिनिन्छ । मानिसको मृत्यु पश्चात त्यस अभिलेखमा आधारित प्रतिवेदनका आधारमा मृत्यु भएर आएको आत्मालाई स्वर्ग या नर्क कहाँ पठाउने भन्ने निर्णय हुने विश्वास गरिन्छ ।

चित्रगुप्रलाई कायस्हथरुको कुलदेवताको रूपमा पनि मानिन्छ । कायस्थहरुको बंशजका रुपमा रहेका भगवान श्री चित्रगुप्तजी महाराज स्वर्गलोकमा सबैको लेखाजोखा राख्दै आईरहेको र उनकै बंशजका रुपमा रहेका कायस्थहरुले समेत पृथवी लोकमा लेखा जोखा राख्दै आईरहेकाले उनीहरु आफू चित्रगुप्तकै सन्तान रहेको स्थानीय नवल कण्ठले बताउनुभयो ।

कायस्थहरुको मुख्य हथियार कलम रहेकाले कलमले नै बर्षभरि लेखपढ गर्दै आईरहेको र कलम नै मुख्य आय श्रोत रहेकाले उनीहरु बर्षमा एकदिन भााईटीकाका दिन कलमलाई बिश्राम दिई, कलमलाई धोई पखाली मन्त्र उच्चारण गरि भव्यताकासाथ पुजापाठगरि मनाईदै आई रहेका छन्।

यसै अवसरमा भगवान श्री चित्रगुप्त जी महाराजको हाथमा रहेको चाँदीका कलम डाक बढाबढबाट रु २५ हजार पाँच रुपैयामा डा. आशुतोष कुमार कर्ण ( रोशन) ले हात पार्न सफल हुनुभएकोछ । 

चित्रान्स समाज सिरहाद्वारा हरेक वर्ष जस्तै यस बर्ष पनि शान्त र सौहार्द बातावरणमा भगवान श्री चित्रगुप्त जी महाराजको पुजनोत्सव सम्पन्न गरेको पुजा समिति का अध्यक्ष राज कमार लाल कर्णले बताउनुभयो ।

पुजा समितिका संयोजकत्व शुशिल कुमार कर्णले सम्हाल्नुभएको थियो भने उक्त पुजनोत्सवमा अध्यक्ष ई. जागेश्वर लाल कर्ण, उपाध्यक्ष अनिल कुमार कर्ण, सचिव नवल किशोर कण्ठ,सल्लाहकार डा. दयाशंकर लाल कर्ण लगायत स्थानीहरुको भव्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..