लक्ष्मीनियाँ–४ सपहीमा दोस्रो प्रिमियर क्रिकेट प्रतियोगिता सम्पन्न

12 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज

जनकपुर धाम,कार्तिक ११ गते 

 

‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि युवा’ भन्ने मूल नाराका साथ बडा दशैं, शुभ दीपावली तथा छैठ पर्व–२०८२ को अवसरमा लक्ष्मीनियाँ गाउँपालिका वडा नं.–४ द्वारा आयोजित EASON–02 वडा स्तरीय प्रिमियर क्रिकेट प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव रहनु भएको थियो। उनले खेलकुद स्वास्थ्य जीवनको लागि अपरिहार्य भएकोले खेलकुदमा जोड दिन आग्रह गरेका थिए।

उद्घाटन तथा समापन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी र युवा दुवैको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

 

खेल संयोजक तथा वडा अध्यक्ष रमेश साहले भने

 “खेलकुदले युवामा ऊर्जा, अनुशासन र एकताको भावना जगाउँछ। हाम्रो उद्देश्य खेलकुदलाई माध्यम बनाएर स्वस्थ, सक्रिय र सिर्जनशील समाज निर्माण गर्नु हो।”

आयोजकले खेलकुदलाई निरन्तर परम्पराको रूपमा अघि बढाउँदै हरेक वर्ष यस प्रतियोगितालाई अझ भव्य रूपमा आयोजना गर्ने योजना समेत सार्वजनिक गरेका छन्। कार्यक्रम उद्घोषण यमन यादबले गरेका थिए। सो अवसरमा रक्त दान समेत आयोजना गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..