महिनावारी हुँदा के कुरामा ध्यान दिने ?

2 वर्ष पहिले प्रकाशित

 

 

संन्जिप कापर

काठमाडौं , चैत २९ गते 

 

सामान्यतया किशोरी अवस्थामा प्रवेश गरेपछि महिलाहरूमा महिनावारी चक्र सुरु हुन्छ । महिनावारी एक प्राकृतिक प्रक्रिया हो । हरेक महिलामा महिनावारी हुने समयावधि फरक हुन्छ ।

 

जस्तै, एउटा महिलाको महिनावारी २८ दिनमा भयो भने अर्को महिलाको २६ दिनमा हुन सक्छ । कसैकसैको ३२ देखि ३४ दिनसम्म पनि हुन सक्छ । हामीले २६ दिनदेखि ३५ दिनसम्म हुने महिनावारीलाई नर्मल मान्छौँ । कुनै महिलाहरू आत्तिएर मेरो चार–पाँच दिन महिना बढी नाघ्यो भन्नुहुन्छ । तर, आत्तिनु पर्दैन, ३५ दिनसम्म हामी त्यसलाई नर्मल नै मान्छौँ । 

 

कुनै महिलाको रक्तश्राव निकै कम हुन्छ भने कसैको दुई–तीन दिनमै रोकिन्छ । कसैलाई अति रक्तस्राव हुन्छ । कोही अति दुखाईले अस्प्ताल पनि पुग्छन् । रक्तश्राव हुँदा एकदम गन्ध आउने, बान्ता हुने, खाना नरुच्ने हुन्छ । यो समयमा रिंगटा लाग्ने पनि हुन सक्छ । 

 

महिनावारीको क्रममा महिलाले सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ । महिनावारी हुँदा प्रयोग गरिने प्याडदेखि सरसफाइका क्रममा ध्यान नदिँदा यसले विभिन्न रोगको जोखिम पनि निम्त्याउन सक्छ । सरसफाइमा ध्यान नदिए कीटाणुहरू पाठेघरमा जान सक्छ । जसले गर्दा इन्फेक्सन हुन सक्छ । 

 

• के–के कुरामा ध्यान दिने ?

 

 महिनावारी हुँदा सरसफाइमा धेरै ध्यान दिनुपर्छ । 

 दुईदेखि तीन घन्टाभित्रमा प्याड परिवर्तन गर्ने । 

 कपडाको प्याड प्रयोग गरिएको छ भने राम्रोसँग धुने । लामो समय एउटै कपडा प्रयोग नगर्ने । 

 झोलिलो तथा पोषिलो खानेकुरा खाने । प्रशस्त मात्रामा पानी पिउने । 

 त्यसैले यो वेला पर्याप्त मात्रामा पौष्टिक आहार खानुपर्छ । विशेषगरी, अन्डा, माछा–मासु, हरियो सागसब्जी र फलफूल खान आवश्यक छ । 

 रक्तअल्पता हुनबाट बच्न नियमित रूपमा आइरन, फोलिक एसिड, भिटामिन आदि खान सकिन्छ ।

 

 धेरै दुखाइ छ भने आराम गर्ने । धेरै दुखाइ÷वाकवाकी हुनेलगायतको समस्या देखिएमा चिकित्सकको सल्लाह लिने र औषधि सेवन गर्ने । 

 

• पर्याप्त आराम

 

महिनावारीको वेला दैनिक जीवनमा आइपर्ने सामान्य काम गर्दा केही फरक पर्दैन । तर, शरीरलाई भारी पर्ने काम भने गर्नु हुँदैनन् । सामान्य अवस्थाभन्दा यो वेला शरीरमा कमजोरीपन देखापर्ने भएकाले साविकभन्दा बढी आराम गर्नुपर्ने हुन्छ ।

 

• यसकारण गडबडी

 

 कहिलेकाहीँ महिनावारीमा गडबडी आउँछ । यस्तो प्रायः किशोरावस्थामा हुन्छ । उनीहरूमा शारीरिक परिपक्वता नहुँदा महिनावारी ढिलो–चाँडो हुने गर्छ ।

 कतिपय महिलामा त पहिलोपटक महिनावारी भएपछि दुई–चार वर्ष नै हुँदैन । यस्तो अवस्थापछि पनि फेरि नियमित हुन सक्छ । यो सामान्य प्रक्रिया हो, समान्यतया यसले स्वास्थ्यमा केही असर गर्दैन । तर, कतिपय अवस्थामा भने एक्कासि महिनावारीमा गडबडी आउन सक्छ । यसरी घटबड हुनुमा उमेर पनि कारक हो । 

 ब्रेनदेखि ओभरीसम्मका मेकानिजम परिपक्व नहुन्जेल महिनावारी नियमित हुँदैन । त्यस्तै, गर्भसँग सम्बन्धित समस्या जस्तै– गर्भपतन, सुत्केरी हुने र सालनालबाट उत्पन्न हुने ट्युमरका कारण पनि महिनावारीमा गडबडी आउन सक्छ । 

 परिवार नियोजनका साधनको अनियमित प्रयोग र त्यसको साइड इफेक्टले समेत महिनावारी अनियमित हुन्छ । प्रजनन तथा यौनअंगको संक्रमण, प्रजनन अंगमा हुने ट्युमर तथा हार्मोनल औषधिको प्रयोगले पनि अनियमित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..