लक्ष्मिनिया गाउँ पालिमा सामाजिक जवाफदेहिता अभिमुखीकरण

10 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज, जनकपुर धाम 

 

ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक जवाफदेहिता सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य स्थानीय सरोकारवाला, युवाहरू र शिक्षा प्रतिनिधिहरू लाई सामाजिक जवाफदेहिता उपकरणहरू (Social Accountability Tools) सम्बन्धी जानकारी दिनु र ती उपकरणहरूको प्रयोगमार्फत शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाह सुदृढ गर्न प्रोत्साहित गर्नु रहेको थियो।

 

कार्यक्रममा गाउँ पालिकाका अध्यक्ष, उपाध्यक्ष, शिक्षा शाखा प्रमुख, विद्यालय प्रमुख (हेडटिचर), विद्यालय व्यवस्थापन समिति (एसएमसी) अध्यक्ष, अभिभावक तथा बाल क्लबका प्रतिनिधिहरू सहित करिब दुई दर्जनको सक्रिय सहभागिता रहेको थियो।

 

कार्यक्रमका क्रममा सामाजिक लेखापरीक्षण, सार्वजनिक सुनुवाइ तथा युवा–नेतृत्वमा आधारित अनुगमन जस्ता सामाजिक जवाफदेहिता अभ्यासका उपकरणहरूको विस्तृत जानकारी गराएका थिए। सहभागीहरूले समूहगत छलफल र अनुभव आदानप्रदान गर्दै यी अभ्यासहरू विद्यालय तहमा लागू गर्ने प्रतिबद्धता जनाए।

 

शिक्षा शाखा प्रमुखले विद्यालय क्षेत्रमा सामाजिक जवाफदेहिता अभ्यासलाई संस्थागत रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाए भने उपाध्यक्षले यी अभ्यासहरू सबै विद्यालयमा अनिवार्य रूपमा लागू गर्नुपर्ने आवश्यकता औंल्याए। गाउँ पालिकाका अध्यक्षले प्रारम्भिक रूपमा २ देखि ३ विद्यालयमा पायलटका रूपमा अभ्यास सुरु गरी क्रमिक रूपमा सबै विद्यालयमा विस्तार गर्ने घोषणा गरे।

 

कार्यक्रमले सहभागीहरूमा सचेतना वृद्धि गर्नुका साथै पालिका नेतृत्वबाट ठोस प्रतिबद्धता सुनिश्चित गर्न प्रतिबद्ध रहने आयोजक ग्लोबल एक्सन नेपालका परिक्षक मोनु गुप्ताले जनाएको छ।

 

मुख्य चुनौतीहरूमा प्रतिबद्धता पछि निरन्तर अनुगमन र फलोअप सुनिश्चित गर्नुपर्ने, सीमित स्रोतका कारण सबै विद्यालयमा तत्काल कार्यान्वयन गर्न कठिनाइ रहने र अभिभावकहरूको सहभागिता सुनिश्चित गर्न चुनौती रहने कुरा उल्लेख गरिएको छ।

 

सिफारिसका रूपमा, पालिका प्रतिनिधिहरू सँग निरन्तर संवाद र पैरवी गर्नुपर्ने, केही विद्यालयमा पायलट कार्यक्रम सञ्चालन गरी प्रभावकारी नमूना प्रस्तुत गर्ने र पुनरावलोकन अभिमुखीकरण मार्फत कार्यान्वयनलाई सुदृढ बनाउने सुझाव दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..