विवाह संस्कार हो, कुनै व्यापार होईन
3 महीना पहिले प्रकाशित

मुनेश्वर यादव
जनकपुरधाम, माघ ८ गते
विवाह विभिन्न संस्कारहरु मध्ये मुख्य संस्कारमा गिनिन्छ ।विवाह बन्धनले नै गृहस्थ आश्रमको सर्वश्रेष्ठ मान्निछ ।
ऋगवेद अनुसार विवाहको मुख्य उद्येश्य मनुष्य गृहस्थ भएर देवी देवताको लागि यज्ञ गर्नु तथा सन्तान प्राप्ति गर्नु हो । मनुस्मृती अनुसार- सन्तान उत्पति, धर्म, आनन्द सुख तथा पूर्खाहरुका लागि स्वर्ग प्राप्ति स्त्री वर्गमा नै निर्भर हुन्छ ।
मनुस्मृती अनुसार हरेक महिला आमा बन्नका लागि र पुरुषको बुवा बन्नका लागि नै भएको हुन्छ । अतः कुनै धार्मिक कार्य पुरुषको आफ्नो स्त्रीको साथ नै सम्पन्न, गर्नु पर्ने देखिन्छ । जसले गर्दा शारिरीक शुद्दता हुन्छ ।
भृगु संहिता तथा माहाभारतमा उल्लेख अनुसार पुरुषको अर्थ हुन्छ पितालाई नरकबाट रक्षा गर्नु ।
पुत्र प्राप्ति वा प्रजनन क्रियाको परिमाण न मानेर त्यसलाई धर्म साधन मानिएको छ । वास्तवमा विवाहको मुख्य आश्य हो, धर्म पालना किन की रती पनि धर्म हो । त्यो व्यक्ति पूर्ण व्यक्ति कहलाउने योग्य हो जसको साथमा स्त्री र बच्चा हुन्छ, अतः प्रत्येक हिन्दुहरुको लागि विवाह संस्कार गर्नु अनिर्वाय हो मानिएको छ । मानव वंश वृद्दिको लागि पनि अनिवार्य हो ।
हिन्दु विवाहलाई पवित्र मानिएको छ । अतः स्त्री-पुरुष अटुट बन्धनमा बाँधिएको हुन्छ । स्त्रीलाई पुरुषको अर्धाङ्गिनी पनि मानिन्छ । विवाह कुनै प्रकारको सम्झौता होइन, एक प्रकारको धार्मिक संस्कार हो । विवाह पंडित द्वारा अग्नि, देवी-देवता, कुल देवता तथा इष्टमित्र साथै समाजको साक्षी राखेर विवाह गर्ने गरिन्छ । यो संस्कार बाहेक हिन्दुहरु विवाह धार्मिक रुपले अवैध मानिन्छ ।
विवाह मात्र वधु (कन्या) को होइन, वर (लडका) को पनि यस्तै संस्कार उद्येश्य अनुरुप हुन्छ । परापूर्वकालमा विवाह कार्य प्रयोजनमा वधु पक्षद्दारा वर पक्षलाई केही द्रव्य (गरगहना) नयाँ बस्त्र, गौदान, फलफुल आदि इत्यादी सौगातको रुपमा दिने परम्परा थियो । आज त्यो परम्परा तिलक(दाइजो) को रुपमा परिणत भएर एक भयावह समाजिक कुप्रथाको रुपमा घर घर व्यक्तिको मानसिकतामा जडो गाडी सकेको छ ।
ठूला ठूला माननीय मन्त्री नेता अफिसर कर्मचारी, डाक्टर, इन्जिनियर, वकील, शिक्षित कहलाउने वा विभिन्न पार्टीहरुको घोषणापत्रमा नेताजी मञ्चमा मिठो मिठो भाषण गरी जन्तालाई झुक्याउने गर्दै आफ्नो छोरा-नातीको विवाह गर्ने बेला अदृश्य टेण्डर (दाइजो) खोली जसले गर्दा बढाबढको अधारमा बढी दाइजो दिनको घरमा विवाह गर्ने गर्दछ ।
किन की आफ्नो छोरा नातीको पढाउने कार्यको लागत पुँजी ब्याज सहित दाइजोबाट नै असुल गर्ने कृत्रिम परम्पराको विकास हो । आफ्नो छोरालाई उद्यमी, ज्ञानी, शिक्षित असल नागरिक बनाउनको निमित्त नै पढाई लेखाई गराइएको हुन्छ नकी अरुको छोरीको निमित्त पढाईएको होइन्न ? कुनै व्यक्तिको विवाह नहुञ्जेलसम्मको लागि स्कुल वा काँलेजमा पढाईएको हुन्छ ।
विवाह पश्चात घर व्यवहारको कार्यमा लगाईन्छ । छोरीको पढाईमा बढीमा १०+2 सम्म पढाउने गरिन्छ । किनकी छोरी त अरुको घरमा गई जान्छिन । त्यस्तो साक्षर छोरीको लागि स्थायी जागिरे, डाक्टर वा इन्जिनयर वा ठूला बिजनेस म्यान नै चाहिन्छ । मुर्ख केटीको लागि पढेलेखेको वा जागिरे केटा दाइजोको माध्यमबाट खरिद बिक्री गरी दाइजो प्रथाको द्रुत विकास गर्ने गराउने प्रक्रिया कम गरौ ।
छोरा भन्दा छोरीलाई बढी पढाउने असल उद्यमी, धार्मिक, व्यवहारिक, शिक्षा दिलाउँ किनकी सज्ञानी छोरी दिनु हुन्छ भने भोली तपाई पनि उद्यमी सज्ञानी बुहारी पाउन सक्नु हुन्छ । जुन घरमा उद्यमी सज्ञानी आइमाई हुन्छ त्यो घरको संस्कार पनि स्वर्ग जस्तो हुन्छ । एउटी सज्ञानी आइमाइबाट घरको १० जना सज्ञानी तयार हुन्छ । अतः घरलाई प्रथम पाठशाला मान्निन्छ ।
विवाह छोरीको मात्रै होइन्न छोराको पनि हुन्छ ।दुवैको इज्जत संस्कार दिनचर्या आदि समान हुन्छ, छोरा अनुकुल बुहारी खोज्नु पर्छ । विवाहको लागि तीन पाटा हुन्छ - घरमुलीलाई दाइजो चाहियो केटी जस्तो सुकै हुन सक्छ । जन्तीलाई खानपान चाहियो, केटो (वर) लाई सुन्दरी केटी चाहियो ।
नेताजीले विभिन्न मञ्चमा सासंदहरुले ठुला ठुला भाषण वाचा गर्ने घुस लिन्न् न दिन्छौ जस्तै दाइजो नलिन्छौ नदिन्छौ भन्ने देखावटी खोक्ला वाचा वा भाषा हुन, दाइजोको कारणले क्यौ घोर अपराधी हत्या काण्ड आदि देख्न र भोग्न परिरहेकोले त्यस्ता शिक्षित युवा, नेताजीहरु साथै सरकार माथि गम्भिर प्रश्न उठेकोछ ।
ती कुमारा, डाक्टर, इन्जिनियर, वकिल, स्थायी कर्मचारीहरु वा शिक्षित कहलाउनेहरु दाइजोको प्रश्रय दिने, आफ्नै शैक्षिक प्रमाण पत्रलाई आगो लगाउनु वा खोलामा फाल्ने जस्तो काम गर्नु , कोई चोरडाँका बनेर अरुको धन सम्पति मात्र लुट्ने तर कोही नाताजोर (सम्बन्ध गाँसेर) बनेर अरुको धन र इज्जत दुवै लुटने गरिन्छ ।
विचरा .छोरीवालाहरु नायाँ लोकतन्त्रमा पनि पढेलेखेका, नेता, डाक्टर, इन्जिनियर ठुला अफिसर कहलाउने, कुन धनी कुन गरीब कहलाउने अभिभावक दुवै मिलेर दाइजो प्रथालाई प्रोत्साहन गर्ने गराउने यस्ता सामाजिक विकृतीलाई हालका अभियानीहरु अविवाहित युवा युवतीहरु आ-आफ्नो स्थानबाट म दाइजो लिन्न ठानी आफै हिम्मत गरौ फूलको आँखामा फूलै फूल.... काँडाको आँखामा काँडा.... जस्तै , अरुको धन दौलत (दाइजो) आफ्नो इज्जत मान र सम्मान बराबर हुँदैन ।
जिन्दगी हिन्दु संस्कार अनुसार २ चोटी डोलीमा मात्रै चढ्छन् एक विवाह दोश्रो आर्यघाट जाने सम्म । अतः यस्ता शुभ विवाह जस्तो संस्कार कार्यमा सौदाबाजी, दलाली, व्यापारी जस्तो घृणित कार्य के हुन सक्छ <
अन्तमा हिन्दु विवाह एक संस्कार हो, अदृश्य अटुट समाजिक जन्मान्तर रिस्ता पनि हो, कुनै सम्झौता होइन, यस्ता समाजिक कुप्रथा कुरीतीहरुलाई अभियानी रुपमा युवा युवतीहरु आफै र आफ्नै अभिभावकलाई चित बुझाई माने वा नमाने आफै अगाडी बढौं, औषधी एकछिन तितो लाग्छ पछि निको पार्छ । यस्ता पवित्र सामाजिक सुधार कार्यमा साथीहरुलाई प्रेषित गरेर दाइजो प्रथा उन्मुलनको एक नमुना मात्र आफै बनौ । पछि तपाईलाई गर्व हुन्छ की ससुराली पक्षबाट दाइजोको नाममा कतैबाट कसैको कुनै ओला उठन न पायोस् । २६ वर्ष पहिले यसको एउटा उदाहरणको रुपमा म मुनेश्वर यादब स्वयंम छु परिवर्तनको सुरुवात आफै बाट गरौँ ।यस्ता पवित्र कार्यमा सबैको मन्सा वाचा कर्मले लागाै ।