आज विवाहपञ्चमी महोत्सव, खचाखच भरिए दर्शनार्थी

1 वर्ष पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुरधाम, मंसिर २१ गते 

 

सीताराम विवाहपञ्चमी आज हर्षोल्लासपूर्वक मनाइँदै छ। त्रेतायुगमा भगवान सीतारामको विवाह भएको स्मरणमा मिथिलावासीले यहाँ हरेक वर्ष विवाहका पञ्चमीका दिन प्रतीकात्मक सीतारामको विवाह महोत्सव मनाउँदै आएका छन् ।

 

एक साता अघिदेखि नै बैवाहिक विधिहरू सुरू भए पनि आज हुने वैवाहिक समारोहमा सहभागी हुन लाखौं श्रद्धालुहरु खचाखच भरिएका छन् । त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयंबरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । गोस्वामी तुलसी दासको रामायण अनुसार जनकपुरधामको बारहविघा मैदानमा आयोजना गरिएको सो स्वयंबरमा देवी देवताको उपस्थिति रहेको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

 

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार तिलकोत्सव,मटकोर , स्वयम्बर र विवाह संस्कार सम्पन्न हुने गरेको छ । पौराणिक व्यवस्था अनुरूप राममन्दिरबाट बाजागाजा , झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी बारहविघा मैदान पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी बारहविघा मैदानमा लगिने चलन रहेको छ । बारहविघामा स्वयम्बर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृति अनुसार विवाह सम्पन्न गरिन्छ । फूलवारी प्रसङ्गदेखि स्वयंवरसम्मको आयोजनाले महोत्सव देैवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभव गर्दे सहभागी मिथिलाका नारी तथा पुरूष आफूलाई धन्य सम्झन्छन् ।

 

महोत्सवका दिन श्रद्धालु विहान सबैरेदेखि पवित्र सरोवरहरूमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने गर्छन् । यस अवसरमा भजन,कीर्तन,रामलीला,झाँकी र प्रवचनको पनि आयोजना गर्ने चलन रहेको छ । त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु , अयोध्याका राजकुमार मर्यादा पुरूषोत्तम रामका गुरू विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रित रहेर यहाँ विवाह महोत्सव मनाइने गरिएको छ । सोही विवाह प्रसंगलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता मानिएको छ । भगवान रामको चरित्र लौकिक र अलौकिकरूपमा लोकमानसमा अंकित छ । अलौकिकरूपमा रामलाई निर्गुण ब्रम्ह एवम् सगुण विष्णु मानिएको छ भने सीतालाई शक्तिस्वरूपा ,बुद्धिरूपा, ब्रम्हमयी र योगमायाको संज्ञा दिइएको छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासकासाथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..