जसपा नेपालको पहिलो मधेश प्रदेश अधिवेशन जनकपुरधाममा ५१ सदस्यीय समिति , करिब ५ सय प्रतिनिधि र सय पर्यवेक्षक सहभागी हुने

11 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, असोज २५ गते, आईतबार 

जनता समाजवादी पार्टी नेपाल, मधेश प्रदेशको पहिलो अधिवेशन सोमबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ। अधिवेशनबाट ५१ सदस्यीय प्रदेश समिति चयन गरिने जनाइएको छ।

 

आइतबार नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले करिब ५ सय प्रतिनिधि र १ सय पर्यवेक्षक अधिवेशनमा सहभागी हुने जानकारी दिए।

 

उनका अनुसार अधिवेशनले परिवर्तित सन्दर्भमा संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन प्रणाली र अधिकार तथा पहिचानको आन्दोलनको औचित्यलाई थप पुष्टि गर्नेछ।

 

अधिवेशन महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुनेछ। यस अधिवेशनबाट एक जना अध्यक्ष, तीन उपाध्यक्ष, एक मुख्य सचिव, तीन सचिव र एक कोषाध्यक्ष चयन गरिनेछ भने बाँकी १५ प्रतिशत सदस्य पछि मनोनयन मार्फत चयन गरिनेछ।

 

अध्यक्ष पदका लागि हालसम्म दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् — वर्तमान अध्यक्ष बालकिशोर प्रसाद यादव र पूर्व राज्यमन्त्री योगेन्द्र यादव।

अध्यक्ष यादवले वडा, पालिका र जिल्ला अधिवेशनहरू सम्पन्न भइसकेकाले अब प्रदेश अधिवेशन मार्फत संगठनलाई सुदृढ बनाउने बताउँदै, “यो अधिवेशनले मधेशको राजनीतिक अधिकार, समावेशी प्रतिनिधित्व र पहिचानको आन्दोलनलाई अझ बलियो बनाउनेछ,” भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..