जसपा नेपालको पहिलो मधेश प्रदेश अधिवेशन जनकपुरधाममा ५१ सदस्यीय समिति , करिब ५ सय प्रतिनिधि र सय पर्यवेक्षक सहभागी हुने

2 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, असोज २५ गते, आईतबार 

जनता समाजवादी पार्टी नेपाल, मधेश प्रदेशको पहिलो अधिवेशन सोमबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ। अधिवेशनबाट ५१ सदस्यीय प्रदेश समिति चयन गरिने जनाइएको छ।

 

आइतबार नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले करिब ५ सय प्रतिनिधि र १ सय पर्यवेक्षक अधिवेशनमा सहभागी हुने जानकारी दिए।

 

उनका अनुसार अधिवेशनले परिवर्तित सन्दर्भमा संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन प्रणाली र अधिकार तथा पहिचानको आन्दोलनको औचित्यलाई थप पुष्टि गर्नेछ।

 

अधिवेशन महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुनेछ। यस अधिवेशनबाट एक जना अध्यक्ष, तीन उपाध्यक्ष, एक मुख्य सचिव, तीन सचिव र एक कोषाध्यक्ष चयन गरिनेछ भने बाँकी १५ प्रतिशत सदस्य पछि मनोनयन मार्फत चयन गरिनेछ।

 

अध्यक्ष पदका लागि हालसम्म दुई जनाले उम्मेदवारी घोषणा गरेका छन् — वर्तमान अध्यक्ष बालकिशोर प्रसाद यादव र पूर्व राज्यमन्त्री योगेन्द्र यादव।

अध्यक्ष यादवले वडा, पालिका र जिल्ला अधिवेशनहरू सम्पन्न भइसकेकाले अब प्रदेश अधिवेशन मार्फत संगठनलाई सुदृढ बनाउने बताउँदै, “यो अधिवेशनले मधेशको राजनीतिक अधिकार, समावेशी प्रतिनिधित्व र पहिचानको आन्दोलनलाई अझ बलियो बनाउनेछ,” भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..