खत्वे समाज द्वारा जनकपुरधाममा प्रथम मधेश प्रदेश सम्मेलन सम्पन्न

2 महीना पहिले प्रकाशित

 

सुरेन्द्र रविदास 

जनकपुरधाम, असोज २५ गते , सनिवार 

खत्वे समाज समिति जनकपुरधाम, धनुषा द्वारा द्वारा जनकपुरधाममा प्रथम मधेश प्रदेश महा सम्मेलन भव्य रूपमा सम्पन्न गरिएको छ। “खत्वे समाजको अभियान, जातीय एकता पहिचान” भन्ने मूल नाराका साथ जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।

 

कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद राम दयाल मण्डल रहेका थिए। उनले समाजको एकता, शिक्षा र आत्म गौरवकै माध्यमबाट समुदायको सशक्तिकरण सम्भव हुने बताउँदै समाजका युवा पुस्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

 

कार्यक्रमको अध्यक्षता राजा राम मण्डलले गरेका थिए। उनले खत्वे समुदायको सामाजिक, आर्थिक र शैक्षिक विकासका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै यस्तो सम्मेलनले आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

 

सम्मेलनमा मधेश प्रदेशका विभिन्न जिल्लाबाट खत्वे समाजका अगुवा, बुद्धिजीवी, महिला, युवा तथा सामाजिक कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा समाजको संगठनात्मक सुदृढीकरण, शिक्षा, सामाजिक जागरण र राजनीतिक सहभागिताका विषयमा विस्तृत छलफल गरिएको थियो।

 

कार्यक्रमको समापनमा सहभागीहरूले खत्वे समाजलाई एकजुट, सशक्त र शिक्षित बनाउन निरन्तर अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..