जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज,असोज २८ गते 

निर्वाचन आयोग, नेपालले जनस्वराज पार्टी (संक्षिप्तमा जस्वपा) लाई आधिकारिक रूपमा दर्ता गरेको छ। आयोगको मिति २०८२ असोज २८ गतेको बैठकले पार्टी दर्ता सम्बन्धी प्रस्ताव स्वीकृत गर्दै पार्टीलाई दर्ता किताबमा अभिलेखिकरण गर्ने निर्णय गरेको हो।

 डा.सीके राउत नेतृत्वको जनमत पार्टी बाट फुटेकाे जनस्वराज पार्टी निर्वाचन आयोगमा २३ सदस्यीय कार्यसमिति सहित ई.दीपक साहको नेतृत्वमा दर्ता भएको हो ।

निर्णय अनुसार, पार्टीको अंग्रेजी नाम Janaswaraj Party र संक्षिप्त रूप JS रहनेछ। यससहित आयोगले जनस्वराज पार्टीका केन्द्रीय समिति पदाधिकारी तथा सदस्यहरूको विवरण अभिलेखिकरण गर्ने, पार्टीको विधान “जनस्वराज पार्टीको विधान २०८२” दर्ता गर्ने र पार्टीको झण्डा निलो, सेतो र रातो रंगका ठाडा धर्का (स्ट्रीप) रहने गरी स्वीकृत गरेको पार्टीका केन्द्रिय उपाध्यक्ष शम्भुनाथ साहले जनाएको छ।

 

त्यसैगरी पार्टीको छाप (Symbol) गोलाकार रहनेछ, जसको मध्य भागमा पार्टीको चुनाव चिन्ह अंकित हुने आयोगले जनाएको छ।निर्वाचन आयोगले जारी गरेको पत्रमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..