जलवायु परिवर्तन र कृषिमा युवाको भूमिका विषयक छलफल

9 महीना पहिले प्रकाशित

 

 ओ पी साह 

जनकपुरधाम , असोज २७ गते , सोमबार 

 

मधेश प्रदेशमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवाको सहभागिता जस्ता महत्वपूर्ण विषयमा आज जनकपुरधाममा गहिरो छलफल गरिएको छ। कृषि उत्पादनका हिसाबले सम्भावनायुक्त प्रदेश मानिँदै आएको मधेशमा राज्यको दीर्घकालीन उदासिनता र नीतिगत कमजोरीका कारण कृषि क्षेत्र दिनप्रतिदिन कमजोर बन्दै गएको सहभागीहरूले बताएका छन्।

 

कार्यक्रममा जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा परेको असर र यसका समाधानमा सञ्चारमाध्यमको भूमिकाबारे गम्भीर बहस गरिएको थियो। सहभागीहरूले सञ्चारमाध्यमलाई चौथो अंगको रूपमा मान्यता दिइँदै आएको भए पनि कृषिको क्षेत्रमा त्यसको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिए।

 

सिआइएन, एफएओ र एकोर्यापको संयुक्त आयोजनामा सम्पन्न छलफल कार्यक्रममा मधेशका आठवटै जिल्लाबाट आएका सञ्चारकर्मी हरूको सहभागिता थियो। सहभागीहरूले कृषि प्रधान प्रदेशमा कृषि पत्रकारिता कमजोर हुनु दुखद भएको टिप्पणी गर्दै, किसानका आवाज उजागर गर्न सञ्चार माध्यमलाई अझ सक्रिय बन्न आग्रह गरे।

 

कार्यक्रममा सिआइएनका प्रतिनिधि लिलप्रसाद चन्द्र, एफएओकी प्रतिनिधि रोजिता  मिश्र र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. सरोज चौधरीले कृषि पत्रकारिता, खाद्य सुरक्षा र कृषि प्रसार सम्बन्धी विषयमा डिजिटल प्रस्तुति दिएका थिए।

 

छलफलमा मल, बीउ, प्राविधिक सहयोग र कृषि बीमाको सीमितता, अनुसन्धानको कमी, किसान प्रति राज्यको ध्यानको अभाव लगायत विषयमा व्यापक बहस भयो। सहभागीहरूले कृषिमा लगानी बढाउन, युवालाई आकर्षित गर्न र सञ्चार माध्यममार्फत कृषिलाई प्राथमिकतामा ल्याउन सुझाव दिए।

 

कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्ता, पिपल प्रमोट सेन्टरका सञ्चालक कमलेश मण्डल, वरिष्ठ बागवानी विकास अधिकृत प्रदीप कुमार यादव लगायतको उपस्थिति थियो।

 

मधेशको भूमिमा उत्पादन हुने अन्नले देशलाई भरणपोषण गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि कृषि प्राथमिकतामा नपरेको आवाज छलफलमा बारम्बार उठाइयो। सहभागीहरूको साझा भनाइ थियो “कृषि बाँच्यो भने मात्र मधेश , देश बाँच्ने छ।” 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..