धनुषामा लम्पी स्किन संक्रमणबाट प्रभावित भएका पशुलाई खोप लगाउदै , निगरानी तीव्र

1 वर्ष पहिले प्रकाशित

 

इन्द्र भुषण यादब

जनकपुरधाम, साउन २ गते 

 

प्रचण्ड गर्मी र खडेरी बाट पहिले नै समस्यामा पारेका धनुषाका किसानहरूलाई अहिले लम्पी स्किन रोगले झनै पीडा दिएको छ ।पहाडमा मात्रै देखिँदै आएको यो रोग हालै केही दिनदेखि धनुषामा पनि केही ठाहरुमा देखापर्न थालिएको हाे । 

 

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनुषाको सक्रियतामा चालु आर्थिक वर्ष जस्तै याे वर्ष पनि पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउन थालिएका छन् । खोपको कारण किसानको पशुजन्य क्षति न्यूनीकरणमा उल्लेखनीय प्रभाव पारेको किसानहरु बताउँछन् ।

 

खोपको कारण किसानको पशुजन्य क्षति न्यूनीकरणमा उल्लेखनीय प्रभाव पारेको किसानहरु बताउँछन् ।

कृषिकर्म आय श्रोत मुल अधार रहेको यहाँका किसानका लागि पशुपालन आम्दनीको ठुलो श्रोत रहेको छ । लेम्पी स्किन राेग राेकथामकाे लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनुषाले तिव्र रुपमा खाेप लगाउन थालिएका छन् । 

 

पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. सञ्जीव कुमार ठाकुरका अनुसार पशु उपचारमा प्रविधिको प्रयोग बढाएपछि पशु स्वास्थ्य उपचार समेत प्रभावकारी बन्दै गएको छ 

 

रोग पशुपालन क्षेत्रमा निकै खतरनाक मानिन्छ । रोगको प्रकोप रोक्न समयमै खोप, जनचेतना, फैलाउन जरुरी छ ।  

 

खोप अभियान सञ्चालन गर्दै उच्च जोखिम भएका क्षेत्रहरूमा निःशुल्क खोप वितरण कार्य भइरहेको बताए । संक्रमण फैलिन नदिन संक्रमित गाईभैंसीलाई अन्य स्वस्थ जनावरबाट अलग राख्ने व्यवस्था गर्नु पर्ने किशानहरुलाई समेत आग्रह गरिऐका छन् । 

 

कार्यालय प्रमुखले भने, “पछिल्लो वर्षको तुलनामा यस वर्ष लम्पी स्किनको त्रासदी कम छ, त्यसैले अत्यधिक डराउनुपर्ने अवस्था छैन । छिट्टै नै यो रोगलाई नियन्त्रणमा ल्याएर उन्मूलन गर्ने लक्ष्य लिएका छौं ।“

 

रोग फैलाउने कीटहरूको नियन्त्रणका लागि गोठघर वरपर झिंगा, लामखुट्टे, टिक हटाउने कीटनाशक औषधि छर्किएको छ । साथै गोठ सरसफाइ, मलमुत्र व्यवस्थापन तथा जैविक सुरक्षाका उपायहरू अपनाउन कृषकलाई प्रेरित गरिएको छ ।’ उनले सीमापारीबाट पनि संक्रमण भित्रिने भएकोले सीमापारीबाट पशु आवागमनमा बिना जाँच पशु आवतजावतमा नगर्न समेत आग्रह गरे । यसैबीच, संक्रमण फैलिन नदिनका लागि खोप अभियानलाई तीव्र पारिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..