शहीदनगरमा नगरस्तरीय साक्षरता घोषणा अभिमुखीकरण कार्यक्रम सम्पन्न

2 महीना पहिले प्रकाशित

 

रेविता कुमारी 

शहीदनगर ,असार ३ गते 

 

शहीदनगर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने उद्देश्यले नगरस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शहीदनगर नगरपालिकाको आर्थिक सहयोग र योग तथा इजोत सामुदायिक सिकाइ केन्द्र, बलाबाखरको आयोजनामा सम्पन्न कार्यक्रममा नगरभित्रका विद्यालयका प्रधानाध्यापक, अभिभावक, शिक्षा प्रेमी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्मा, शिक्षा शाखा प्रमुख प्रदीप मुखिया तथा उपप्रमुख सुनीता सिंहलगायतले साक्षरता अभियानलाई सफल बनाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए।

वक्ताहरूले साक्षर समाज निर्माणका लागि विद्यालय, अभिभावक, स्थानीय सरकार तथा समुदाय बीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले नगरपालिकालाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य हासिल गर्न घरदैलो अभियान, नियमित अनुगमन तथा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन्।

कार्यक्रममा सहभागीहरूले साक्षरता अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक सुझावसमेत दिएका थिए। नगरपालिकाले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि सँगै निरक्षरता अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..