भारी वर्षा सँगै बाढी, पहिरो र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन डिमानको अपिल

17 दिन पहिले प्रकाशित

 

राष्ट्रिय अवाज 

काठमाडौं, असोज ९ गते 

आगामी तीन दिन देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम बढ्न सक्ने भन्दै राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान)ले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको पूर्वी भाग आसपास विकसित न्यून चापीय प्रणालीका कारण असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने अवस्था छ। वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो र हिमाली क्षेत्रमा हिमपातको जोखिम समेत बढ्न सक्ने डिमानले विज्ञप्तिमा जनाएको छ।

 

विशेषगरी नदी तथा खोलानाला आसपास, पहाडी तथा भिरालो भूभाग र उच्च हिमाली क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको डिमानको भनाइ छ।

केही समयअघि मात्रै रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित समुदाय अझै कठिन परिस्थितिमा रहेकाले पुनः विपद्को जोखिम देखिनु थप संवेदनशील विषय भएको डिमानले जनाएको छ।

डिमानले जोखिमको समयमा अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा तथा हिँड्डुल नगर्न, नदी, खोला तथा बाढी–पहिरोको जोखिम भएका स्थानमा नजान र जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका लाई समयमै सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

त्यस्तै, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा गर्भवती महिला लगायत संवेदनशील समूहको विशेष सुरक्षा गर्न पनि सञ्जालले अनुरोध गरेको छ।

डिमानले आफ्ना सदस्य संस्था, नागरिक संघसंस्था, स्थानीय साझेदार तथा स्वयंसेवकलाई आ–आफ्नो कार्यक्षेत्रमा विपद्को जोखिमबारे निरन्तर जानकारी राख्न, समुदायलाई समयमै सचेत गराउन तथा स्थानीय र सम्बन्धित सरकारी निकायसँग समन्वय गरी आवश्यक मानवीय सहयोगका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।

* आधिकारिक सूचना मात्रै विश्वास गर्न आग्रह

विपद्को समयमा अफवाह तथा अपुष्ट सूचना प्रवाह नगर्न पनि डिमानले सबैलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, स्थानीय तह तथा अन्य सम्बन्धित सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना र पूर्वसूचना लाई मात्र आधार मानी आवश्यक सावधानी अपनाउन सञ्जालले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..