शहीदनगरमा शिक्षा सम्बन्धी सामाजिक जवाफदेहिता परामर्श बैठक

2 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम,असार ३ गते 

 

शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले धनुषा जिल्लाको शहीदनगर नगरपालिकामा शिक्षा सम्बन्धी सामाजिक जवाफदेहिता परामर्श बैठक सम्पन्न भएको छ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा ग्लोबल एक्शन नेपालको आयोजनामा सञ्चालित “शिक्षामा नागरिक समाजको सहभागिता” परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रदीप कुमार मुखियाको अध्यक्षता रहेको थियो।

बैठकमा शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव शर्मा, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालय क्षेत्र सुधार योजना, एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS), विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयन, साथै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि स्थानीय तहको शैक्षिक प्रतिबद्धता बारे विस्तृत छलफल गरिएको थियो।

छलफलका क्रममा सहभागीहरूले विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, सामुदायिक सहभागिता बढाउने तथा शैक्षिक क्षेत्रमा जवाफदेहिता सुनिश्चित गर्ने विषयमा विभिन्न सुझाव प्रस्तुत गरेका थिए। प्राप्त सुझाव तथा प्रस्तावहरू माथि आवश्यक निर्णयसमेत गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा ग्लोबल एक्शन नेपालका सहजकर्ता मोनु गुप्ता र उर्मिला दासलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सुरेन्द्र रविदासले गरेका थिए।

सहभागीहरूले शिक्षा क्षेत्रमा नागरिक समाजको सक्रिय सहभागिताले विद्यालयको सुशासन, पारदर्शिता तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..