जनकपुरधाम–३ मा रास्वपा द्वारा दसैँ, दीपावली र छठको शुभकामना आदानप्रदान

2 घन्टा पहिले प्रकाशित

 

 

दीपक श्रेष्ठ मण्डल 

राष्ट्रिय आवाज

 जनकपुरधाम, असोज २६ गते

जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

रास्वपाका महोत्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माननीय दीपककुमार साहको प्रमुख आतिथ्यता तथा जनकपुरधाम–३ का रास्वपा सभापति संदिप कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि साहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले जनकपुरधामको विकास प्रति विशेष ध्यान दिएको उल्लेख गर्दै निकट भविष्यमा नै जनकपुरधामको विकासले गति लिने विश्वास व्यक्त गरे। उनले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको जनकपुरधामको समग्र विकास, पूर्वाधार विस्तार र जनताको जीवनस्तर सुधारमा सरकारको ध्यान केन्द्रित रहेको बताए।

 

उनले जनकपुरधाम लाई धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा थप विकसित गर्न आवश्यक रहेको उल्लेख गर्दै यहाँको सम्भावनालाई सदुपयोग गर्न सके स्थानीय अर्थतन्त्र र रोजगारीका अवसरसमेत विस्तार हुने धारणा राखे।

 

साहले दसैँ, दीपावली तथा छठ पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता, एकता र भाइचाराको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै सबैलाई सकारात्मक सोचका साथ समाज र राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे।

 

कार्यक्रमका अध्यक्ष तथा रास्वपा जनकपुरधाम–३ का सभापति संदिप कुमार साहले चाडपर्वले समाजमा एकता र आत्मीयता बढाउने उल्लेख गर्दै सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।

कार्यक्रमको संयोजन मनोज मण्डल, रेखा देवी मण्डल, सुनिता देवी दास र सोनाबती मण्डल लगायतले गरेका थिए। कार्यक्रममा सहभागीहरूले एकअर्कालाई पर्वको शुभकामना दिँदै सामाजिक सद्भाव र जनकपुरधामको समृद्धिका लागि सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..