अन्तर्राष्ट्रिय स्वर्ण विजेता जनक यादव सम्मानित, राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु

4 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, असार ३ गते

मधेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रिय कुस्ती प्रतियोगिता २०८३ मंगलबारदेखि जनकपुरधाममा सुरु भएको छ। नेपाल कुस्ती संघ, मधेश प्रदेशको सहकार्यमा आयोजित प्रतियोगिताको उद्घाटन मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्मा ले गरेका हुन्।

देशका विभिन्न प्रदेशबाट आएका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताले कुस्ती खेलको विकास, प्रवर्द्धन तथा नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री तत्माले खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै खेलाडीलाई आवश्यक अवसर, सुविधा र प्रोत्साहन उपलब्ध गराइने उल्लेख गरे।

प्रतियोगिताको उद्घाटनसँगै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरवान्वित बनाएका सिरहाको धनगढीमाई नगरपालिका–५ निवासी कुस्ती खेलाडी जनक यादव लाई विशेष सम्मान गरिएको छ। बंगलादेश, जापान र पाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्वर्ण पदक जितेर नेपाल, मधेश प्रदेश तथा सिरहा जिल्लाको नाम उच्च राखेको योगदानको कदरस्वरूप उनलाई सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो।

मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानु ले आफ्नो निजी मासिक पारिश्रमिकबाट २१ हजार रुपैयाँ नगद प्रदान गर्दै यादवलाई सम्मान गरेका थिए। परिषद्का अनुसार खेलकुद प्रतिभा खोज तथा पहिचान अभियानमार्फत यादवको उल्लेखनीय उपलब्धिबारे जानकारी प्राप्त भएपछि उनलाई सम्मान गर्ने निर्णय गरिएको हो।

सम्मान ग्रहण गर्दै यादवले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको बताए। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउने सपना अझ सशक्त बनेको उल्लेख गर्दै राज्यबाट खेलाडीलाई निरन्तर सहयोग र प्रोत्साहन आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा वक्ताहरूले अन्तर्राष्ट्रिय स्तरमा मधेश र नेपालको नाम चिनाउन सफल खेलाडीहरूलाई राज्यले थप सम्मान, अवसर तथा प्रोत्साहन उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले खेलकुद क्षेत्रमा लगानी वृद्धि गर्दै प्रतिभावान खेलाडीहरूको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

सदस्य–सचिव कानु द्वारा हस्ताक्षरित सम्मानपत्रमा यादवले खेलकुद, समाजसेवा तथा राष्ट्रको प्रतिष्ठा अभिवृद्धिमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि राष्ट्रको गौरव बढाउने कार्यमा निरन्तर सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

उद्घाटन कार्यक्रममा मधेश खेलकुद परिषद्का बोर्ड सदस्य लव अधिकारी, दीपेन्द्र गोइत, परिषद्का सदस्य निशेष श्रेष्ठ, प्रशासन प्रमुख मोहम्मद ज्याउल इस्लाम, खेलकुदकर्मी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन परिषद्का तालिम तथा प्रशिक्षण विभाग प्रमुख भरत यादवले गरेका थिए।

 

मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानुको अध्यक्षतामा सम्पन्न प्रतियोगिता असार ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। तीन दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुने छ। प्रतियोगिताले राष्ट्रिय स्तरमा कुस्ती खेलको लोकप्रियता बढाउनुका साथै नयाँ प्रतिभा उत्पादन र खेल संस्कृतिको विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..