मिथिला विभूति स्मृति पर्वमा हास्य कलाकार रीना यादवलाई ‘मिथिला गौरव सम्मान’
5 दिन पहिले प्रकाशित
राष्ट्रिय आवाज
मंसिर ५ गते
बेनीपट्टीमा मिथिला विभूति स्मृति पर्व समारोह भव्य रूपमा सुरु भएको छ। समारोहको विशेष अवसरमा मिथिलाकी चर्चित हास्य कलाकार रीना यादवलाई ‘मिथिला गौरव सम्मान’ प्रदान गरिएको छ।लोकप्रिय मैथिली गायिका मैथिली ठाकुरको हातबाट यादवलाई उक्त सम्मान प्रदान गरिएको हो।
विगत २४ वर्षदेखि मैथिली कला क्षेत्रमा निरन्तर सक्रिय रहँदै अभिनय तथा हास्य प्रस्तुति मार्फत मैथिली भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको कदरस्वरूप उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
मैथिली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उहाँले पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदान गरिएको यस सम्मानले मिथिलावासी तथा सांस्कृतिक क्षेत्रलाई गौरवान्वित बनाएको छ।