समयसीमा पालना र जिम्मेवारीपूर्वक काम गर्न दासको निर्देशन

5 दिन पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल 

राष्ट्रिय आवाज

जनकपुर धाम

धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले कर्मचारी तथा वडा कार्यालयहरूलाई जिम्मेवारीपूर्वक काम गर्न र तोकिएको समयसीमाभित्र विवरण तथा पत्रको जवाफ पठाउन निर्देशन दिएका छन्।

 

शुक्रबार गाउँपालिका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा मंसीर ४ गते सुक्रबार सम्पन्न आर्थिक वर्ष २०८३/०८४ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा बोल्दै दासले व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता वितरण तथा निर्वाचनसम्बन्धी कामलाई प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

 

उनले जन्म, मृत्यु लगायतका व्यक्तिगत घटना दर्ताको मासिक विवरण प्रत्येक महिना समाप्त भएको सात दिनभित्र गाउँपालिकामा पठाउन वडा कार्यालयहरूलाई निर्देशन दिए। साउनदेखि कात्तिकसम्मको बाँकी विवरण तत्काल उपलब्ध गराउन आग्रह गर्दै आगामी दिनमा अभिलेखीकरण तथा विवरण व्यवस्थापन लाई नियमित बनाउनुपर्ने बताए।

 

त्यसैगरी, सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ हुन नदिन आवश्यक कागजात तथा प्रक्रिया समयमै पूरा गर्न निर्देशन दिँदै कात्तिक, मंसिर र पुस महिनाको विवरण माघको पहिलो साताभित्र सम्बन्धित शाखामा पठाउनुपर्ने बताए। सेवा प्रवाहलाई प्रभावकारी बनाउन शाखा तथा वडा कार्यालयबीच समन्वय र सक्रियता आवश्यक रहेको उनको भनाइ थियो।

 

निर्वाचनसम्बन्धी विषयमा निर्वाचन आयोगबाट प्राप्त निर्देशनअनुसार वडामा मतदान केन्द्र थपघट वा यथावत् राख्नुपर्ने अवस्थाबारे आवश्यक छलफल गरी मंसिर १६ गतेभित्र विवरण पठाउन वडा अध्यक्ष तथा सचिवहरूलाई आग्रह गरे। यसका लागि राजनीतिक दलहरू सँग छलफल गरी वडाको वास्तविक अवस्था र आवश्यकतालाई स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने उनले बताए।

 

सरकारी तथा महत्वपूर्ण पत्राचारलाई बेवास्ता गर्ने, इमेल नियमित जाँच नगर्ने तथा तोकिएको समयभित्र जवाफ नपठाउने प्रवृत्तिप्रति ध्यानाकर्षण गराउँदै दासले कार्यालयमा प्राप्त पत्रको समयमै जानकारी लिने, आवश्यक प्रक्रिया अघि बढाउने र कार्यान्वयन गर्ने जिम्मेवारी सम्बन्धित कर्मचारी तथा वडा नेतृत्वले पूरा गर्नुपर्ने स्पष्ट पारे।

 

“समयमै काम गर्ने र समयमै जवाफ पठाउने प्रशासनिक संस्कार विकास गर्नुपर्छ। जिम्मेवारी पूरा नगर्ने तर काममा ढिलाइ हुँदा अरूलाई दोष दिने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनको जोड थियो।

 

बैठकमा गाउँपालिकाको प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनमाथि छलफल गर्दै योजना कार्यान्वयन, अभिलेख व्यवस्थापन, सामाजिक सुरक्षा तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समेत समीक्षा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर ९ गते  मेची देखि महाकाली सम्म परिवर्तनको सन्देश बोकेर अघि बढि..

  दिपक श्रेष्ठ मण्डल  महोत्तरी, मंसिर ६ गते  लोहरपट्टी नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि महदैया टोलीले..

  राष्ट्रिय आवाज  मंसिर ५ गते  बेनीपट्टीमा मिथिला विभूति स्मृति पर्व समारोह भव्य रूपमा सुरु भएको छ। समारोहकà..

  दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय अवाज जनकपुरधाम, मंसिर ५ गते  श्री सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकप..

दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज जनकपुर धाम धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दà..