सप्तरीकै पहिलो, मधेशकै दोस्रो बालश्रममुक्त नगरपालिका बन्यो खडक

18 घन्टा पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम,असार ४ गते 

 

सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रममुक्त नगरपालिका घोषणा गरिएको छ। “हमर खडक नगरपालिका हमर गौरव, बालश्रम नै करु नै कराउ” भन्ने नारासहित बुधबार आयोजित विशेष समारोहबीच नगरपालिकालाई औपचारिक रूपमा बालश्रममुक्त नगरपालिका घोषणा गरिएको हो।

नगरपालिकाको सभाहलमा आयोजित घोषणा सभाको अध्यक्षता स्थानीय बाल अधिकार समितिकी संयोजक तथा नगर उपप्रमुख रिता कुमारी चौधरीले गर्नुभएको थियो भने नगर प्रमुख जय प्रकाश चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको सञ्चालन नगर बाल क्लब सञ्जालका अध्यक्ष शिवशंकर मण्डलले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जय प्रकाश चौधरीले बालबालिकाको अधिकार संरक्षण, गुणस्तरीय शिक्षा तथा सुरक्षित भविष्य सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। बालश्रम अन्त्यका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले अभिभावक, विद्यालय, नागरिक समाज तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।

उपप्रमुख रिता कुमारी चौधरीले बालश्रममुक्त घोषणा उपलब्धिको विषय मात्र नभई थप जिम्मेवारीको सुरुआत भएको बताउँदै बालअधिकार संरक्षणसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगरभित्र कुनै पनि बालबालिका श्रममा संलग्न नहोस् भन्ने उद्देश्यका साथ विभिन्न अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।

समारोहमा वडा नं. १० का वडाध्यक्ष राजेन्द्र प्रसाद चौधरी, वडा नं. ३ का वडाध्यक्ष देवनारायण चौधरी, वडा नं. ८ का वडाध्यक्ष विन्दुलाल चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुशिला कुमारी चौधरी, कार्यपालिका सदस्य जत्री देव सरदार, प्रयागी देवी चौधरी तथा मोहनी देवी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा सेभ द चिल्ड्रेनका वरिष्ठ परियोजना प्रबन्धक मकरबहादुर सार्की, सबल नेपालकी अध्यक्ष जुना जिरी, प्रशासन शाखा प्रमुख रामाकान्त चौधरी, बाल कल्याण अधिकारी अनिता कुमारी साह, सामाजिक विकास शाखा प्रमुख मोहम्मद जाकिर हुसेन, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीरेन्द्र कुमार दास, स्वास्थ्य शाखा प्रमुख जीवनारायण चौधरी, पञ्जीकरण शाखा प्रमुख रञ्जित चौधरी, सूचना अधिकारी मनोज कुमार साह, कृषि तथा वन्यजन्तु शाखा प्रमुख राजेश चौधरी, न्यायिक समितिका उजुरी प्रशासन प्रमुख प्रतिकला रसायली, सबल नेपालका फिल्ड संयोजक अशोक कुमार साह, योजना शाखा प्रमुख सविता साह तथा ज्येष्ठ नागरिक सञ्जालका नगर अध्यक्ष सूर्यनारायण साहलगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए। साथै, बालमैत्री स्थानीय शासन तथा बालअधिकार संरक्षणका क्षेत्रमा खडक नगरपालिकाले हासिल गरेको उपलब्धि अन्य स्थानीय तहका लागि समेत प्रेरणादायी रहेको धारणा व्यक्त गरेका थिए।

नगरपालिकाले विगतदेखि बालश्रम न्यूनीकरण तथा उन्मूलनका लागि विभिन्न नीति, कार्यक्रम तथा सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ। सोही प्रयासको परिणामस्वरूप खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा सप्तरी जिल्लाकै पहिलो बालश्रममुक्त नगरपालिका बन्न सफल भएको जनाइएको छ।

घोषणा समारोहमा सहभागीहरूले बालश्रममुक्त समाज निर्माणका लागि आ–आफ्नो क्षेत्रबाट निरन्तर सहयोग र प्रतिबद्धता जनाउँदै कार्यक्रम सम्पन्न गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, शारीरिक तथा मा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३ गते मधेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रिय कुस्ती प्रतियोगिता २०८३ मं..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ३ गते    शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर..

  रेविता कुमारी  शहीदनगर ,असार ३ गते    शहीदनगर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने उद्देश्यल..