धनुषाधाम नगर सभा :पूर्वाधार, स्वास्थ्य र कृषि लाई प्राथमिकता

2 घन्टा पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल

धनुषाधाम, असार ५ गते

धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार तथा कृषि क्षेत्रको आधुनिकीकरण लाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ।

 

नगरसभा लाई सम्बोधन गर्दै नगर प्रमुख बालेश्वर मण्डलले आगामी साउनको दोस्रो सातादेखि नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने जानकारी दिनुभयो। हाल धर्मशाला भवनबाट सञ्चालन हुँदै आएको कार्यालय निर्माण सम्पन्न हुन लागेको नयाँ प्रशासनिक भवनमा स्थानान्तरण गरिने उहाँले बताउनुभयो।

मेयर मण्डलले आफू नेतृत्वमा आएपछि नगरपालिकामा उल्लेखनीय परिवर्तन भएको दाबी गर्दै कृषि, स्वास्थ्य, सडक तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण काम सम्पन्न भएको बताउनुभयो। उहाँका अनुसार नगरका सबै वडामा स्वास्थ्य सेवा विस्तार, सडक निर्माण तथा स्तरोन्नति तथा कृषि विकासका विभिन्न कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ।

“हामीले धेरै काम गरेका छौँ, तर पनि केही भएन भन्नेहरू छन्। विरोध गर्नु विपक्षीको काम हो, उनीहरू जुनसुकै अवस्थामा पनि विरोध गरिरहन्छन्,” मेयर मण्डलले भन्नुभयो।

उहाँले राष्ट्रिय योजना आयोगसँग समन्वय गरी नगरपालिकाका लागि करोडौँ रुपैयाँ बजेट ल्याउन सफल भएको उल्लेख गर्दै निर्माणाधीन प्रशासनिक भवनबाट छिट्टै सेवा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो। साथै धनुषाधाम स्थित ऐतिहासिक धनुष मन्दिरको विकासका लागि राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाको पहलमा बजेट प्राप्त भएको जानकारी दिँदै यस वर्ष मन्दिर क्षेत्रको विकासले थप गति लिने बताउनुभयो।

नगरसभामा स्वरोजगार शाखा प्रमुख अनिलकुमार यादवले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरूले आ–आफ्ना शाखासँग सम्बन्धित नीति, योजना तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

नगरसभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड २० लाख ४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। उक्त बजेटमार्फत विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि तथा सामाजिक क्षेत्रका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रममा नगर उपप्रमुख विद्या देवी भुजेल, प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराई, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

नगर प्रमुख मण्डलले नगरसभाबाट पारित नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै नगरवासीको सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, शारीरिक तथा मा..