व्याहुत सुडी सेवा समितिको महाधिवेशन सम्पन्न, समाजको एकता मा जोड

2 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम, असार ६ गते, शनिबार

 व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न भएको छ। समितिका अध्यक्ष चन्देश्वर प्रसाद साहको अध्यक्षतामा आयोजित महाधिवेशनले संस्थाको सांगठनिक अवस्था, आर्थिक गतिविधि तथा आगामी कार्ययोजना माथि विस्तृत समीक्षा गरेको छ।

महाधिवेशनमा महासचिव लक्ष्मणप्रसाद साहले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले विगतमा सञ्चालन गरेका सामाजिक, शैक्षिक तथा सामुदायिक कार्यक्रमहरूको विवरण प्रस्तुत गरे। उनले समाजमा एकता कायम राख्न, संस्थागत सुदृढीकरण गर्न तथा युवाहरूको सहभागिता बढाउन समिति निरन्तर सक्रिय रहेको बताए।

कार्यक्रममा कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय विवरण सार्वजनिक गरेका थिए। उनले आर्थिक पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर समिति अगाडि बढिरहेको जानकारी दिए।

 

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा व्याहुत सुडी समाजका वरिष्ठ सदस्य जगदेव साहले समाजको उत्थान र संस्थागत विकासका लागि सबै सदस्यबीच सहकार्य र एकता आवश्यक रहेको बताए। उनले शिक्षा, सामाजिक सद्भाव र युवा नेतृत्व विकासलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए।

महाधिवेशनमा औरही गाउँ पालिकाका अध्यक्ष उमाशंकर प्रसाद साह, भोला प्रसाद साह, रामपल्टन साह, अमरनाथ गुप्ता, श्यामप्रसाद गुप्ता लगायत समाजका अगुवा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले व्याहुत सुडी समाजको सामाजिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्दै समाजसेवा मूलक गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।

महाधिवेशनले संस्थाको समग्र प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालमा समाजहितका विभिन्न योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सहभागीहरूले समुदायको समग्र विकास र सामाजिक सशक्तीकरणका लागि समिति अझ सक्रिय र जिम्मेवार भूमिकामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..

  सरोज मल्लिक  राष्ट्रिय आवाज  जनकपुरधाम, भाद्र ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहान..