मिथिला बिहारी नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न, नीति तथा कार्यक्रम प्रस्तुत

4 महीना पहिले प्रकाशित

मोनु गुप्ता 

जनकपुरधाम, असार ८ गते 

धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको उद्घाटन सत्र आज सोमबार सम्पन्न भएको छ।

 

नगरसभा अध्यक्ष तथा नगर प्रमुख राजेन्द्र प्रसाद यादवको अध्यक्षता र उपप्रमुख शोभा देवी साहको उपस्थितिमा सम्पन्न उद्घाटन सत्रमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम, वार्षिक बजेटको अनुमानित आय–व्यय विवरण तथा आर्थिक विधेयक, २०८३ प्रस्तुत गरिएको नगरपालिकाले जनाएको छ।

सभामा नगरसभा सदस्य सचिव उपेन्द्र न्यौपानेसहित सम्पूर्ण नगरसभा सदस्य, नगरपालिकाका कर्मचारी, निवर्तमान जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।

नगरपालिकाले आगामी वर्षका लागि विकास निर्माण, सुशासन, प्रभावकारी सेवा प्रवाह तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित नीति तथा कार्यक्रम तथा बजेट ल्याएको जनाएको छ। प्रस्तुत नीति, कार्यक्रम, बजेट तथा आर्थिक विधेयकमाथि नगरसभाका आगामी बैठकहरूमा विस्तृत छलफल गरी पारित गरिने जनाइएको छ।

उद्घाटन सत्र सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला प्रति नगरपालिकाले आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..