नेपाली उत्पादन जस्मिन पेन्ट्स सहित जनकपुरमा निर्माण सामग्री केन्द्र सञ्चालनमा
3 घन्टा पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, असार ९ गते
जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट्स सहित निर्माण सामग्री बिक्री तथा आपूर्तिका लागि ‘पार्वती कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि’ सञ्चालनमा आएको छ।
जनकपुरको पेठिया बजार बाट हस्पिटल रोड जाने मार्गमा अवस्थित उक्त संस्थाको औपचारिक उद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले गरेका हुन्। उद्घाटन समारोहमा निर्माण व्यवसायी, स्थानीय व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
युवा व्यवसायी दुर्गेश कुमार साहद्वारा सञ्चालित पार्वती कन्स्ट्रक्सन एण्ड सप्लायर्सले निर्माण सामग्री सँगै गुणस्तरीय रङ तथा पेन्ट्सका विभिन्न उत्पादन उपभोक्तालाई उपलब्ध गराउने जनाएको छ। संस्थाले ग्राहकलाई उचित मूल्यमा भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
कार्यक्रममा जस्मिन पेन्ट्सका रिजनल सेल्स म्यानेजर गणेश मिश्रले कम्पनीका उत्पादन बारे जानकारी दिँदै जस्मिन पेन्ट्स नेपाली उत्पादन भएको र मनकामना समूह अन्तर्गत सन् १९९४ देखि सञ्चालनमा रहेको बताए। उनले ग्राहकको आवश्यकता र बजेटअनुसार इकोनोमी देखि प्रिमियम रेन्ज सम्मका विभिन्न उत्पादन उपलब्ध रहेको जानकारी दिए।
मिश्रका अनुसार जस्मिन पेन्ट्सका केही उत्पादनमा १४ वर्षसम्मको वारेन्टी प्रदान गरिन्छ। टिकाउपन, आकर्षक चमक तथा राम्रो फैलावटका कारण उपभोक्तामाझ यसका उत्पादन लोकप्रिय बन्दै गएको उनले बताए।
संस्थाका सञ्चालक दुर्गेश कुमार साहले स्थानीय उपभोक्तालाई गुणस्तरीय निर्माण सामग्री र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको बताए। उनले निर्माण क्षेत्रसँग सम्बन्धित आवश्यक सामग्री एउटै स्थानबाट उपलब्ध गराएर उपभोक्ताको समय र खर्च बचत गर्ने लक्ष्य रहेको उल्लेख गरे।
उद्घाटन कार्यक्रममा सहभागी अतिथिहरूले नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै स्थानीय क्षेत्रमा निर्माण सामग्री तथा पेन्ट्सको सहज उपलब्धताले उपभोक्तालाई थप सुविधा पुग्ने विश्वास व्यक्त गरेका थिए।
#राष्ट्रियआवाज