शहीदनगरको १५औँ नगरसभा सम्पन्न, ६५ करोड ८० लाखको बजेट सार्वजनिक

3 घन्टा पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, असार १० गते 

 

धनुषाको शहीद नगर नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न भएको छ। नगर प्रमुख तथा नगरसभाका सभाध्यक्ष दिनेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न नगरसभाले आगामी आर्थिक वर्षका लागि कुल रु. ६५ करोड ८० लाख ३९ हजार बराबरको बजेट प्रस्तुत गरेको हो।

 

नगरसभाको उद्घाटन सभाध्यक्ष यादवले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत केशव शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगर उपप्रमुख सुनीता कुमारी सिंहले नगरपालिकाको नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा शिक्षा शाखा प्रमुख प्रदीप मुखिया लगायतको उपस्थिति रहेको थियो।

 

प्रस्तुत बजेटअनुसार नगरपालिकाले राजस्व बाँडफाँडबाट रु. १२ करोड ७३ लाख, वित्तीय समानीकरण अनुदानबाट रु. १३ करोड ८० लाख ३९ हजार, सशर्त अनुदानबाट रु. २७ करोड १ लाख, विशेष अनुदानबाट रु. २ करोड ७० लाख र समपूरक अनुदानबाट रु. २ करोड ६० लाख प्राप्त हुने अनुमान गरेको छ।

नगरपालिकाले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिएको जनाएको छ। वडा नं. १ देखि ९ सम्मका किसानका लागि आवश्यक कृषि विद्युत् महसुल नगरपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न एम्बुलेन्स सेवा निःशुल्क गर्ने तथा नगरवासीको घरायसी प्रयोजनका लागि मासिक २० युनिटसम्मको विद्युत् महसुल नगरपालिकाले तिर्ने महत्वपूर्ण कार्यक्रम बजेटमा समावेश गरिएको छ।

 

नगरसभाले शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार तथा जनमुखी विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी  जनकपुरधाम , असर १० गते  जय माँ जानकी समाज सेवा नेपाल द्वारा आयोजन तथा हिन्दु सम्राट सेना जनकप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार १० गते    धनुषाको शहीद नगर नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न भएको छ। नगर ..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..