दहेज मुक्त आदर्श विवाह सम्पन्न, ‘बेटी बचाउ–बेटी पढाउ’ अभियानलाई थप बल

2 महीना पहिले प्रकाशित

 

रेविता कुमारी 

जनकपुरधाम , असर १० गते 

जय माँ जानकी समाज सेवा नेपाल द्वारा आयोजन तथा हिन्दु सम्राट सेना जनकपुर धामको सहयाेगमा “दहेज मुक्त मिथिला अपन सभक अभियान, बेटी बचाउ–बेटी पढाउ, बेटा–बेटी एक समान” भन्ने मूल नारालाई आत्मसात गर्दै सिरहाका एक आदर्श  दहेज मुक्त विवाह सम्पन्न भएको छ।

सिरहा जिल्लाको निपनिया–३ निवासी डमर नारायण साह हलुवाईका पुत्र दिय नारायण साह र कर्जन्हा नगरपालिका–१० निवासी सन्जु कुमारी साह बीच दहेज विना जनकपुर धाम वर्ड नं १३ मनिमण्डपमा आदर्श विवाह सम्पन्न भएको जय माँ जानकी समाज सेवा नेपालले जनाएको छ।

 

संस्थाले दहेज प्रथा, बालविवाह, छुवाछुत तथा महिला हिंसा जस्ता सामाजिक विकृतिविरुद्ध निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत सम्पन्न उक्त विवाहले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको संस्थाको विश्वास रहेको छ।

संस्थाका प्रतिनिधिहरूले दहेज प्रथा समाजका लागि अभिशाप भएकाले यसलाई अन्त्य गर्न सबै समुदाय, अभिभावक तथा युवाहरू एकजुट हुनुपर्ने बताए। दहेज मुक्त विवाहले आर्थिक बोझ कम गर्नुका साथै महिला सम्मान, समानता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उनीहरूको भनाइ छ।

जय माँ जानकी समाज सेवा नेपालले आगामी दिनमा पनि दहेज मुक्त मिथिला निर्माणका लागि यस्ता अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..