व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले गर्यो शपथ ग्रहण, उमाशंकरले सम्हाले नेतृत्व

4 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

राष्ट्रिय आवाज

 

जनकपुरधाम , असर १३ गते

व्याहुत सुडी सेवा समिति, जनकपुरधामको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण समारोह सम्पन्न भएको छ। शपथ सँगै नयाँ कार्यसमितिले औपचारिक रूपमा समितिको जिम्मेवारी सम्हालेको छ।

निर्वाचन समितिका संयोजक डा. भोला साहले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। समारोहमा समितिका नवनिर्वाचित अध्यक्ष उमाशंकर प्रसाद साह, उपाध्यक्ष कुशेश्वर प्रसाद साह, महासचिव लक्ष्मण प्रसाद साह, सचिव गौरीशंकर साह तथा कोषाध्यक्ष ऋषिकेश साहलगायत कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो।

नवनिर्वाचित कार्यसमितिका सदस्यहरू रामआशिष साह, बलीराम साह, कुमोद प्रसाद साह, विष्णुकुमार साह, उर्मिला देवी साह र सुनिता देवी साहले समेत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहणपछि निवर्तमान अध्यक्ष चन्द्रेश्वर प्रसाद साहले समितिको नेतृत्व औपचारिक रूपमा नवनिर्वाचित अध्यक्ष उमाशंकर प्रसाद साहलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले समुदायको विश्वास र सहयोगलाई आधार बनाएर समितिलाई अझ सक्रिय, पारदर्शी र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक एकता, शिक्षा, युवा सहभागिता तथा समुदायको हितका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने बताए।

समारोहमा समाजका अगुवा, बुद्धिजीवी, विभिन्न क्षेत्रका प्रतिनिधि तथा व्याहुत सुडी समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..