मधेश प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता बर्दिबासमा सुरु

3 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल 

जनकपुरधाम,असार १६ गते 

 

‘खेली मधेश, जिती मधेश’ भन्ने नारासहित मधेश प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता महोत्तरीको बर्दिबासमा आज मंगल बार सुरु भएको छ।

 

आज देखि सुरु भएको प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाबाट खेलाडी तथा अफिसियल गरी कुल १४४ जनाको सहभागिता रहेको छ।

प्रतियोगितामा प्रत्येक जिल्लाबाट ८ महिला, ८ पुरुष खेलाडी र २ जना अफिसियल गरी १८ जनाको टोली सहभागी भएका छन्। प्रतियोगिता भोलि असार १७ गतेसम्म सञ्चालन हुनेछ।

मधेश प्रदेशमा तेक्वान्दो खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

विभिन्न जिल्लाबाट सहभागी भएका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशस्तरीय प्रतियोगितामा आफ्नो क्षमता प्रस्तुत गरिरहेका छन्। आयोजकले यस प्रतियोगिताले मधेशका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न थप प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..