बहुक्षेत्रीय पोषण योजनालाई प्रभावकारी बनाउँदै हंसपुर, सरोकारवालालाई प्रशिक्षण

2 महीना पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम असार १६ गते 

 

बहुक्षेत्रीय पोषण योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले हंसपुर नगरपालिकामा पोषण मैत्री स्थानीय शासन तथा पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

हंसपुर नगरपालिका बहुक्षेत्रीय पोषण शाखाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन हंसपुर नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख संगीता यादव ले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता हंसपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लालबाबु यादव ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा कार्यवाहक नगर प्रमुख दुर्गी देवी मण्डल को उपस्थिति रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिका गरी जम्मा ४८ जना सहभागी भएका थिए। प्रत्येक विद्यालयबाट दुई जना प्र अ समेत गरी कुल दुई जना शिक्षक–शिक्षिका को सहभागिता रहेको थियो।

कार्यक्रममा पोषणको महत्व, पोषण मैत्री स्थानीय शासनको अवधारणा, बालबालिका तथा समुदायको स्वास्थ्य सुधारका उपाय, पोषणसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा जानकारी तथा छलफल गरिएको थियो।

नगरपालिकाले पोषणको अवस्था सुधार गर्दै स्वस्थ र समृद्ध समुदाय निर्माणका लागि बहुक्षेत्रीय समन्वय मार्फत विभिन्न कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..

  सरोज मल्लिक  राष्ट्रिय आवाज  जनकपुरधाम, भाद्र ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहान..