सिरहामा सम्पन्न प्रदेश स्तरिय रग्बी प्रतियोगितामा सर्लाही च्याम्पियन

2 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम,असार १९ गते 

 

'खेली मधेश, जिती मधेश' भन्ने मूल नारासहित मधेश खेलकुद परिषद्को आयोजनामा सिरहा जिल्लामा सम्पन्न प्रदेशस्तरीय रग्बी प्रतियोगितामा सर्लाही जिल्ला च्याम्पियन बनेको छ। रोमाञ्चक फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै सर्लाहीले उपाधिमाथि कब्जा जमाउँदा आयोजक सिरहा जिल्ला उपविजेतामा सीमित भयो।

 

प्रतियोगितामा मधेश प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी खेलाडीहरूले उच्च खेल भावना, अनुशासन र उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै प्रतियोगितालाई प्रतिस्पर्धात्मक र आकर्षक बनाएका थिए।

 

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन प्रशिक्षक, निर्णायक, प्राविधिक टोली तथा प्रदेश रग्बी संघको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ। साथै प्रतियोगिताको प्रभावकारी समाचार सम्प्रेषण गर्ने खेल पत्रकार विवेक परियार, सिरहा खेलकुद विकास समितिका अध्यक्ष श्रावण ठकुरी, प्रतियोगिताका संयोजक तथा मधेश खेलकुद परिषद्का सदस्य निशेष श्रेष्ठ, सम्पूर्ण प्रशिक्षक, निर्णायक, स्वयंसेवक तथा सहभागी खेलाडीहरूप्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

 

आयोजकका अनुसार यस्ता प्रतियोगिताले मधेश प्रदेशमा रग्बी खेलको विकास, नयाँ खेलाडी उत्पादन तथा खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास व्यक्त गरिएको छ। साथै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..

  सरोज मल्लिक  राष्ट्रिय आवाज  जनकपुरधाम, भाद्र ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहान..