पाँच स्थानीय तहमा ‘सुरक्षा र न्याय’ परियोजनाको सिकाइ तथा उपलब्धि हस्तान्तरण, असल अभ्यासलाई संस्थागत गर्न जोड

2 महीना पहिले प्रकाशित

 

मोनु गुप्ता 

जनकपुरधाम, असार १९ गते 

बेलायत सरकारको आर्थिक सहयोग, पिपुल इन निड (People in Need) को नेतृत्व तथा दिव्य विकास स्रोत केन्द्रद्वारा सञ्चालित 'सुरक्षा र न्याय' कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समिति बैठक तथा परियोजनाको सिकाइ र उपलब्धि हस्तान्तरण कार्यक्रम मधेश प्रदेशका पाँच स्थानीय तहमा सम्पन्न भएको छ।

बाराको सिम्रौनगढ नगरपालिका, सर्लाहीको बरहथवा नगरपालिका, धनुषाको जनकपुरधाम उपमहानगरपालिका तथा महोत्तरीका जलेश्वर र लोहारपट्टी नगरपालिकामा आयोजित कार्यक्रममार्फत दुई वर्षे परियोजनाका उपलब्धि, सिकाइ, चुनौती तथा भावी योजनाबारे विस्तृत समीक्षा गरिएको हो।

जनकपुरधाममा शुक्रबार आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह प्रमुख अतिथि रहनुभएको थियो। वडा नं. २२ का अध्यक्ष विमलेश मिश्राको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पिपुल इन निडका परियोजना प्रबन्धक सुनिल कुमार साह, स्थानीय सरकारका जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख, समुदायमा आधारित संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, विद्यार्थी, परियोजनाका लाभग्राही तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा दिव्य विकास स्रोत केन्द्रका परियोजना प्रबन्धक गणेशबहादुर ठकुरीले जुन २०२४ देखि जुन २०२६ सम्म सम्पन्न भएका गतिविधि, उपलब्धि, सिकाइ तथा चुनौती समेटिएको प्राविधिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यसैगरी वित्त तथा प्रशासन संयोजक राजिना अधिकारीले परियोजनाको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रस्तुतीकरणपछि सहभागीहरूले उठाएका जिज्ञासा तथा सुझावको जवाफ परियोजना प्रबन्धक ठकुरीले दिनुभएको थियो।

छलफलका क्रममा परियोजनामार्फत समुदायमा लैङ्गिक हिंसा रोकथाम, न्यायमा पहुँच विस्तार, सेवा प्रवाहको सुदृढीकरण तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण उपलब्धि हासिल भएको निष्कर्ष निकालिएको थियो। सहभागीहरूले परियोजनाबाट विकसित भएका असल अभ्यासलाई स्थानीय तहको नीति, योजना तथा बजेटमार्फत संस्थागत गरी निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

विद्यालय तथा समुदायस्तरमा गठन गरिएका बालिका तथा समावेशी शिक्षा सञ्जाल, गुनासो सुनुवाइ संयन्त्र तथा महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखासँगको समन्वयमा सञ्चालन गरिएका गतिविधिले समुदायमा सकारात्मक परिवर्तन ल्याएको सहभागीहरूको धारणा थियो। स्थानीय तहका प्रतिनिधिहरूले न्यायिक समितिको क्षमता अभिवृद्धि तथा नागरिकको न्यायमा पहुँच विस्तार गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पिपुल इन निडका परियोजना प्रबन्धक सुनिल कुमार साहले परियोजनाबाट प्राप्त उपलब्धि र सिकाइलाई स्थानीय सरकारले संस्थागत गरी दीगो रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले अन्तिम प्रतिवेदन तथा परियोजनाका उपलब्धिहरू स्थानीय सरकारका प्रमुख तथा सम्बन्धित निकायलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

प्रमुख अतिथिहरूले परियोजनाबाट विकसित भएका अभ्यासलाई आगामी वार्षिक नीति तथा बजेटमा समावेश गर्दै लैङ्गिक हिंसा रोकथाम, न्यायमा पहुँच विस्तार तथा पीडितमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा आयोजक दिव्य विकास स्रोत केन्द्रले परियोजनाको सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने बेलायत सरकार, पिपुल इन निड, स्थानीय सरकार, नेपाल प्रहरी, विद्यालय, समुदायमा आधारित संघसंस्था तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको थियो।

कार्यक्रमको सञ्चालन दिव्य विकास स्रोत केन्द्रका परियोजना अधिकृत जागेश्वर यादवले गरेका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..