धिरेन्द्र शास्त्रीको जन्मोत्सवमा मानवसेवा आश्रममा हनुमान आराधना तथा भण्डारा

2 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, असार २० गते

बागेश्वर धाम जानकी शिष्य मण्डली परिवार, जनकपुरधामको आयोजनामा आज असार २० गते (४ जुलाई) श्री श्री १०८ पण्डित धिरेन्द्र शास्त्री महाराजको शुभ जन्मोत्सवको अवसरमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) मा विशेष धार्मिक कार्यक्रम सम्पन्न भएको छ।

 

सीता माताको नगरी जनकपुरधाममा आयोजित हनुमान आराधना एवं भण्डारा कार्यक्रममा श्रद्धालु भक्तजन, साधुसन्त तथा शिष्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा हनुमान पूजा, भजन–कीर्तन, धार्मिक प्रवचन तथा भण्डाराको आयोजना गरिएको थियो।

 

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बागेश्वर धाम शिष्य मण्डली परिवार, जनकपुरधामका अगुवा प्रभारी राम प्रमोद महतोले गुरु परम्पराले समाजमा आध्यात्मिक जागरण, नैतिक मूल्य र सेवाभाव लाई मजबुत बनाउने उल्लेख गरे। उनले धार्मिक कार्यक्रमहरू केवल पूजा–आराधनामा सीमित नभई मानव सेवा र सामाजिक सद्भाव अभिवृद्धिको माध्यम बन्नुपर्ने धारणा व्यक्त गरे।

उनले भने, “गुरुजीको जन्मोत्सव लाई हामीले सेवा, समर्पण र मानव कल्याणको पर्वका रूपमा मनाएका छौँ। मानवसेवा आश्रममा कार्यक्रम आयोजना गर्नुको उद्देश्य समाजका असहाय र अभिभावकविहीन व्यक्तिप्रति जिम्मेवारीबोध जगाउनु पनि हो।”

आयोजकका अनुसार गुरुजीको जन्मदिन लाई आध्यात्मिक उत्सवका रूपमा मनाउँदै समाजमा धार्मिक सद्भाव, सेवा र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी भक्तजनहरूले गुरुजीको दीर्घायु, सुस्वास्थ्य तथा विश्व कल्याणको कामना गरेका थिए।

बागेश्वर धाम शिष्य मण्डली परिवार, जनकपुर धामका अगुवा प्रभारी राम प्रमोद महतोले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता धार्मिक तथा सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिइने बताए।

 

धिरेन्द्र शास्त्रीको जन्मोत्सवमा बागेश्वर धाम जानकी शिष्य मण्डली परिवार, जनकपुरधामको सह प्रभारी सुख दयाल साह, विरेन्द्र महतो ममता कापर, समाजिक अभियन्ता मञ्जु मंडल,मानवसेवा आश्रमका प्रतिनीधि लागायतका सहभागिता रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..