‘शान्त विश्वका लागि सहकारी’ नारासहित सहकारी दिवस मनाइयो

9 दिन पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुर धाम , असार २० गते

 ‘शान्त विश्वका लागि सहकारी’ भन्ने मूल नारासहित १०४ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३२ औँ संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सहकारी दिवस शनिबार जनकपुरधाममा मनाइएको छ।

जिल्ला सहकारी संघ लिमिटेड, धनुषाको आयोजनामा होटल सिता शरणमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका सहकारी अभियन्ता, सहकारीकर्मी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्ला सहकारी संघ, धनुषाका अध्यक्ष ध्रुव नारायण यादवले सहकारी क्षेत्रले आर्थिक समृद्धि सँगै सामाजिक एकता र आत्मनिर्भरताको आधार निर्माण गरेको बताए। सहकारी संस्थाहरूलाई समयानुकूल सुधार गर्दै सदस्य केन्द्रित र पारदर्शी बनाउनुपर्ने उनको भनाइ थियो।

प्रमुख अतिथि तथा मधेश प्रदेश सभाका सभामुख राम आशिष यादवले सहकारी आन्दोलनलाई जनविश्वासको आधारमा अघि बढाउन आवश्यक रहेको बताए। उनले सहकारीका मूल्य र मान्यतालाई व्यवहारमा उतार्दै उत्पादन र उद्यमशीलता सँग जोड्न सके प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने धारणा राखे।

 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका सचिव डा. संजय कुमार यादवले सहकारी क्षेत्रलाई कृषि उत्पादन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रको सबलीकरण सँग जोड्न सरकार प्रतिबद्ध रहेको बताए। सहकारी संस्थाहरूले सुशासन र उत्तरदायित्व लाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

मधेश प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका निमित्त रजिस्ट्रार रुपेश कुमार साहले सहकारीको मूल मर्म सदस्यहरूको आर्थिक तथा सामाजिक हित प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितामा विशेष ध्यान दिन आग्रह गरे।

कार्यक्रममा धनुषा, सिराहा, महोत्तरी लगायत मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका सहभागीहरूले सहकारी आन्दोलनलाई थप सुदृढ, विश्वसनीय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। वक्ताहरूले सहकारीमार्फत शान्तिपूर्ण, समृद्ध र समावेशी समाज निर्माण गर्न सकिनेमा जोड दिएका थिए।

 

यस वर्ष अन्तर्राष्ट्रिय सहकारी दिवस ‘शान्त विश्वका लागि सहकारी’ भन्ने नाराका साथ विश्वभर मनाइएको हो। नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी सहकारी क्षेत्रको योगदान र चुनौतीबारे बहस तथा छलफल गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..