एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको अध्यक्षमा मनिष झा श्रीओम

2 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, असार २० गते

एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको ३५ औँ साधारण सभा शनिबार जनकपुरधाम स्थित होटल फलसममा सम्पन्न भएको छ। सभाले आगामी दुई वर्षे कार्यकालका लागि मनिष झा श्री ओम लाई अध्यक्ष (संयोजक) मा सर्वसम्मत चयन गरेको छ।

एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष शम्भु ठाकुरको प्रमुख आतिथ्य तथा समूहका संयोजक कमल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक तथा सांगठनिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ठाकुरले मानवअधिकारको संरक्षण, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए। उनले युवालाई सचेत, जिम्मेवार र सक्रिय नागरिकका रूपमा समाज परिवर्तनमा अग्रसर हुन आग्रह गरे।

अध्यक्षता गरिरहेका कमल साहले मानवअधिकारका सवालमा युवाको सहभागिता बढाउँदै लैजान संस्था निरन्तर सक्रिय रहने बताए। उनले समाजमा समानता, न्याय र मानव मर्यादाको प्रवर्द्धनका लागि युवाहरूलाई संगठित रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

 

नवनिर्वाचित कार्यसमितिमा उर्मिला यादव उपाध्यक्ष (सह–संयोजक), अम्बिका प्रसाद कर्ण सचिव, मुकेश ठाकुर कोषाध्यक्ष तथा फूलकुमारी साह, कैलाश प्रसाद, उदयचन्द्र यादव, संजय प्रसाद साह र शिवशंकर मिश्र सदस्य चयन भएका छन्।

त्यस्तै, कमल साह, डा. विनयकुमार झा र रमेश कुमार साह सल्लाहकार समितिमा चयन भएका छन् भने कमल साह र उर्मिला यादव प्रदेश प्रतिनिधिका रूपमा मनोनित भएका छन्।

विश्वका १५० भन्दा बढी देशमा सक्रिय एम्नेस्टी इन्टरनेसनल सँग एक करोडभन्दा बढी सदस्य आबद्ध रहेको जनाइएको छ। संस्थाले मानवअधिकारको संरक्षण, अभिवृद्धि र सचेतना विस्तारका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..

  सरोज मल्लिक  राष्ट्रिय आवाज  जनकपुरधाम, भाद्र ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहान..