शहिद नगरपालिका साक्षर घोषणा, शिक्षा मार्फत आत्मनिर्भर समाज निर्माणको प्रतिबद्धता

8 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, असार २१ गते

शहिद नगरपालिकाले आज आइतबार औपचारिक रूपमा आफूलाई साक्षर नगरपालिका घोषणा गरेको छ। नगरपालिकाको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा नगर प्रमुख दिनेश प्रसाद यादवको अध्यक्षता रहेको थियो।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशव शर्मा, नगर उपप्रमुख सुनिता कुमारी सिंह, मधेस प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत दिलीप मुखिया, शिक्षा शाखा प्रमुख प्रदीप मुखिया, जनप्रतिनिधि, शिक्षक, विभिन्न सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

साक्षरता अभियान सञ्चालनका लागि शहिद नगरपालिकाले श्री योग तथा इजोत सामुदायिक सिकाइ केन्द्र, बलावाखर सँग सहकार्य गरेको थियो। अभियानअन्तर्गत विद्यालय, शिक्षक र समुदायको सक्रिय सहभागिता मार्फत निरक्षर नागरिकलाई साक्षर बनाउने कार्य सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै शिक्षा शाखा प्रमुख प्रदीप मुखियाले साक्षर समाज निर्माणका लागि स्थानीय तह, विद्यालय र समुदाय बीचको समन्वय अपरिहार्य रहेको बताए। अभियानलाई प्रभावकारी बनाउन विद्यालयका प्रधानाध्यापक मार्फत शिक्षकहरूको नियमित अनुगमन गरिएको तथा प्रत्येक शिक्षकलाई कम्तीमा पाँच जना विद्यार्थी परिचालन गरी निरक्षर नागरिकलाई साक्षर बनाउन जिम्मेवारी दिइएको जानकारी उनले दिए। शिक्षकहरूको प्रतिबद्धता, विद्यार्थीहरूको सक्रियता र समुदायको सकारात्मक सहभागिताले अभियान सफल भएको उनको भनाइ थियो।

 

कार्यक्रमका वक्ताहरूले साक्षरता केवल अक्षर चिन्ने क्षमतामा सीमित नभई जीवनोपयोगी सीप, सामाजिक चेतना, नागरिक उत्तरदायित्व तथा आत्मनिर्भर समाज निर्माणको महत्वपूर्ण आधार भएको बताए। साक्षरताको उपलब्धिलाई दिगो बनाउन निरन्तर शिक्षा, सामुदायिक सिकाइ, सीप विकास तथा स्थानीय तहको सक्रिय भूमिकालाई अझ सुदृढ बनाउनुपर्नेमा उनीहरूले जोड दिए।

अध्यक्षीय मन्तव्यका क्रममा नगर प्रमुख दिनेश प्रसाद यादवले साक्षर नगरपालिका घोषणा शहिद नगरको शैक्षिक विकास यात्रामा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यस सफलतामा योगदान गर्ने शिक्षक, विद्यार्थी, सामुदायिक सिकाइ केन्द्र, जनप्रतिनिधि तथा सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गरे। उनले साक्षरताको उपलब्धिलाई दीर्घकालीन बनाउन निरन्तर शिक्षा, सीपमूलक तालिम तथा सामुदायिक शिक्षाका कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

शहिद नगरपालिकाले साक्षर घोषणा केवल औपचारिक उपलब्धि नभई शिक्षामार्फत सक्षम, सचेत र आत्मनिर्भर समाज निर्माणतर्फको महत्वपूर्ण कदम भएको जनाएको छ। नगरपालिकाले आगामी दिनमा निरन्तर शिक्षा, सीपमूलक सिकाइ र सामुदायिक शिक्षालाई प्राथमिकताका साथ अघि बढाउँदै साक्षरताको उपलब्धिलाई अझ दिगो बनाउने प्रतिबद्धता समेत जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..