योगियाडामा निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, सयौं नागरिक लाभान्वित

8 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम,असार २१ गते 

 

धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत विद्यालयमा निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, सपहीको आयोजना, विदेह नगरपालिकाको सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र, योगियाडाको सहजीकरणमा शिविर सम्पन्न भएको हो।

 

कार्यक्रमका प्रमुख अतिथि बेचन दास रहेका थिए भने अध्यक्षता विदेह नगरपालिका–७ का वडा अध्यक्ष राजकिशोर सिंहले गरेका थिए। स्वास्थ्य निर्देशनालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख राजकिशोर दास कार्यक्रम संयोजक रहेका थिए। कार्यक्रमको सहजीकरण नागरिक आरोग्य सेवा केन्द्र, योगियाडाका कविराज प्रदीप यादवले गरेका थिए।

शिविर अन्तर्गत बिहान ५ः३० बजेदेखि ७ः३० बजेसम्म योग शिविर सञ्चालन गरिएको थियो। त्यसपछि बिहान ८ बजे औपचारिक उद्घाटन गरी बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, रोग परामर्श, निःशुल्क औषधि वितरण तथा आयुर्वेदिक जीवनशैली सम्बन्धी परामर्श सेवा प्रदान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले आयुर्वेद उपचार पद्धति र योग स्वस्थ जीवनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै नियमित योग अभ्यास र सन्तुलित जीवनशैली अपनाए धेरै रोगबाट बच्न सकिने धारणा व्यक्त गरेका थिए। उनीहरूले आयुर्वेद सेवालाई गाउँ–गाउँसम्म विस्तार गरी सर्वसाधारणलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन यस्ता शिविर प्रभावकारी हुने बताए।

शिविरमा विदेह नगरपालिका तथा आसपासका क्षेत्रका सयौं नागरिकले स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकको परामर्श र निःशुल्क औषधि सेवा लिएका आयोजकले जनाएको छ। स्थानीयवासीले गाउँमै विशेषज्ञ आयुर्वेद स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..