छाडा पशु नियन्त्रणमा वैज्ञानिक सोच अपनाउन नगरप्रमुख साहको आग्रह

8 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, असार २१ गते 

जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा छाडा पशुबाट मानव स्वास्थ्यमा पर्ने जोखिम तथा प्लास्टिकजन्य फोहोरका कारण पशुमा हुने असरबारे आइतबार जनकपुरधाममा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मत्स्य मानव स्रोत विकास तथा प्रविधि परीक्षण केन्द्रको तालिम हलमा आयोजित कार्यक्रमको अध्यक्षता जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले गरेका थिए भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका प्रदेश सचिव डा. संजय कुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको संयोजन कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख डा. अमर कुमार साहले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मनोज कुमार साहले छाडा पशु समस्याको दीर्घकालीन समाधानका लागि समाजमा वैज्ञानिक सोच र जिम्मेवार व्यवहार विकास गर्नुपर्नेमा जोड दिए। उनले बुबाआमाको मृत्युपछि साँढे छोड्ने परम्परालाई अन्धविश्वासको संज्ञा दिँदै यसले छाडा चौपायाको संख्या बढाएर सडक दुर्घटना, कृषि बालीमा क्षति तथा जनस्वास्थ्यमा समेत नकारात्मक असर पुर्‍याइरहेको बताए।

उनले धार्मिक आस्थाको सम्मान गर्दै समाजमा हानिकारक अभ्यास त्याग्नुपर्ने आवश्यकता औँल्याउँदै प्लास्टिकजन्य फोहोर जथाभावी फाल्ने प्रवृत्तिका कारण पशुहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिएको उल्लेख गरे। प्लास्टिकको प्रयोग न्यूनीकरण, फोहोरको वैज्ञानिक व्यवस्थापन तथा छाडा पशु नियन्त्रणमा सबै नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो।

प्रमुख अतिथि प्रदेश सचिव डा. संजय कुमार यादवले छाडा पशु व्यवस्थापन, पशु कल्याण, वातावरण संरक्षण र जनस्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकाले स्थानीय तह, प्रदेश सरकार र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले प्लास्टिक प्रदूषण नियन्त्रण, पशु कल्याण र दिगो फोहोर व्यवस्थापनका लागि जनचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रम संयोजक डा. अमर कुमार साहले छाडा पशु व्यवस्थापन, पशु कल्याण, सार्वजनिक स्वास्थ्य तथा वातावरण संरक्षण एकअर्कासँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले जनचेतना अभिवृद्धिसँगै प्रभावकारी कार्यान्वयनबाट मात्र छाडा पशु र प्लास्टिक प्रदूषणको समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा पशु चिकित्सक, प्राविधिक, जनप्रतिनिधि, कर्मचारी, पशुपालक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले छाडा पशु व्यवस्थापन, प्लास्टिकजन्य प्रदूषण नियन्त्रण तथा जनचेतनामूलक अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..