श्री गोगल नमूना माविको विज्ञान शिक्षामा नयाँ ऊर्जा, २५ विद्यार्थीलाई छात्रवृत्ति

5 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, असार २४ गते 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा विज्ञान विषय प्रवर्द्धन कार्यक्रमअन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत २५ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको छ।

विद्यालयका अनुसार विज्ञान शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउने, अध्ययनलाई निरन्तरता दिने तथा जेहेन्दार एवं आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति उपलब्ध गराइएको हो।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका प्रमुख प्रताप सिंह धामीले विज्ञान शिक्षा मुलुकको विकास र समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै छात्रवृत्तिले विद्यार्थीमा आत्मविश्वास, प्रतिस्पर्धात्मक क्षमता र अध्ययनप्रतिको लगाव बढाउने विश्वास व्यक्त गरे। उनले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ रोकिन नहुने भन्दै यस्ता कार्यक्रमले प्रतिभाशाली विद्यार्थीलाई अघि बढ्न थप ऊर्जा प्रदान गर्ने बताए।

धामीले विज्ञान तथा प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन आजको आवश्यकता रहेको उल्लेख गर्दै विद्यार्थीलाई अनुशासित, मेहनती र सिर्जनशील भएर अध्ययन गर्न आग्रह गरे। उनले प्राप्त अवसरको सदुपयोग गर्दै समाज र राष्ट्रको विकासमा योगदान पुर्‍याउने नागरिक बन्न विद्यार्थीलाई प्रेरित गरे।

कार्यक्रमको अध्यक्षता वडा नं. २४ का अध्यक्ष शेषनाथ मण्डलले गरेका थिए। कार्यक्रममा जनकपुरधाम उप महानगरपालिकाकी शिक्षा शाखा प्रमुख अञ्जु पाण्डे, वडा सदस्य शान्ति देवी र गायत्री ठाकुर, विद्यालयका प्रधानाध्यापक महावीर दास, सहायक प्रधानाध्यापक राजनारायण मण्डल, कक्षा ११–१२ संयोजक मुकेश कुमार यादवलगायत शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थिति रहेको थियो।

वक्ताहरूले गुणस्तरीय विज्ञान शिक्षाको विस्तारका लागि छात्रवृत्ति कार्यक्रम प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..