जनकपुरधाम–२४ मा सर्वदलीय सहभागिता सहित वडा परिषद सम्पन्न

2 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम,असार २५ गते 

 

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक्ष शेषनाथ मण्डलको अध्यक्षतामा वडा परिषद सम्पन्न भएको छ।

परिषदमा आगामी आर्थिक वर्षका वडा स्तरीय विकास योजना, बजेट प्राथमिकता तथा स्थानीय आवश्यकताका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले वडाको समग्र विकासलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै योजनाहरू लाई आवश्यकताका आधारमा कार्यान्वयन गर्न सुझाव दिएका थिए।

कार्यक्रममा नेपाली कांग्रेस वडा नं. २४ का सभापति विशेश्वर प्रसाद शर्मा, जनमत पार्टीका वडा प्रतिनिधि जगदीश महतो, नेकपा एमाले वडा नं. २४ का अध्यक्ष नागेन्द्र ठाकुर, राप्रपाका कामेश्वर मण्डल लगायतको उपस्थिति रहेको थियो।

वडा सचिव महेन्द्र यादवले स्वागत मन्तव्य व्यक्त गर्दै परिषद्को उद्देश्य, कार्यसूची तथा आगामी योजनाबारे जानकारी गराएका थिए। कार्यक्रममा स्थानीय युवा राजीव महतो, शत्रुघ्न मण्डल लगायत स्थानीयवासीको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

परिषद्ले वडाको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा अन्य जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..