स्वर्णविन्दु प्राशन प्रति जनआकर्षण बढ्दै, बालबालिकाको स्वास्थ्य प्रवर्द्धनमा जोड

3 महीना पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, असार ३१ गते 

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जनकपुरधाम–१४ मुजेलिया स्थित आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत आज बुध बार स्वर्णविन्दु प्राशन कार्यक्रम भएको छ।

 

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, स्मरणशक्ति तथा शारीरिक–मानसिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा उल्लेखनीय संख्यामा बालबालिका तथा अभिभावकको सहभागिता रहेको थियो। कार्यक्रममा आयुर्वेदिक विधिअनुसार बालबालिकालाई स्वर्णविन्दु प्राशन गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. महारुद्र कुमार ठाकरले आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास र आकर्षण निरन्तर बढ्दै गएको बताए। उनले स्वर्णविन्दु प्राशनले बालबालिकाको समग्र स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमता तथा बौद्धिक विकासमा सकारात्मक योगदान पुर्‍याउने उल्लेख गर्दै यस्ता जनस्वास्थ्य प्रवर्द्धन कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रममा नागरिक आरोग्य सेवा केन्द्रका कविराज प्रदीप यादवको समेत उपस्थिति रहेको थियो। सहभागी अभिभावकलाई आयुर्वेदिक जीवनशैली, सन्तुलित पोषण तथा बालस्वास्थ्यसम्बन्धी सचेतनामूलक जानकारीसमेत प्रदान गरिएको चिकित्सालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..