महिला लाई आत्मनिर्भर बनाउने उद्देश्यले ब्याहुत सेवा समिति द्वारा निःशुल्क सिलाइ–कटाइ तालिम सुरु

3 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

साउन १ गते ,जनकपुरधाम

 

जनकपुरधाम–४ स्थित ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपाल ले महिलाको सीप विकास, आत्मनिर्भरता र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले तीन महिने निःशुल्क सिलाइ–कटाइ प्रशिक्षण कार्यक्रम आज शुक्रबार देखि सुरु गरेको छ।

 

कार्यक्रम ब्याहुत सेवा समिति (कलवार कुट्टी), नेपालका अध्यक्ष श्याम प्रसाद साहको प्रमुख आतिथ्यता तथा महिला नेतृ एवं महिला मञ्चकी अध्यक्ष रेणुका देवी साहको अध्यक्षतामा सम्पन्न भएको हो।

 

प्रमुख अतिथि श्याम प्रसाद साहले महिला लाई आर्थिक रूपमा सक्षम बनाउन सीपमूलक तालिम अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै तालिम बाट सिकेको सीपलाई व्यवहारमा उतारी स्वरोजगार सिर्जना गर्न सहभागी महिलालाई आग्रह गरे। उनले संस्थाले आगामी दिनमा पनि महिलाको क्षमता अभिवृद्धि र सामाजिक सशक्तीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

 

अध्यक्षता गर्दै रेणुका देवी साहले महिलाको आर्थिक सशक्तीकरण नै परिवार र समाजको समृद्धिको आधार भएको बताइन्। उनले तीन महिनासम्म सञ्चालन हुने तालिम बाट सहभागी महिलाले व्यावसायिक सीप हासिल गरी आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा संस्थाका पदाधिकारी, समाजसेवी तथा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार तालिम सफलतापूर्वक सम्पन्न भएपछि सहभागीहरूलाई सीपको व्यावहारिक उपयोग मार्फत स्वरोजगार तर्फ प्रेरित गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..