जनकपुरधामको विकास बलेन सरकारको प्राथमिकतामा : पूर्व श्रममन्त्री दीपककुमार

1 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, साउन ७ गते

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक नगरी जनकपुरधामको समग्र विकास बलेन सरकारको प्रमुख प्राथमिकतामा रहेको पूर्व श्रममन्त्री तथा नेता दीपककुमार साहले बताएका छन्।

 

आज जानकी मन्दिर परिसरमा राष्ट्रिय आवाज सँग विशेष कुराकानी गर्दै पूर्वमन्त्री साहले जनकपुरधाम केवल मधेश प्रदेशको राजधानी मात्र नभई सम्पूर्ण देशको धार्मिक, सांस्कृतिक तथा पर्यटनको प्रमुख केन्द्र भएकाले यसको योजनाबद्ध विकास आवश्यक रहेको बताए।

 

उनले जनकपुरधामको धार्मिक पर्यटन, सांस्कृतिक सम्पदाको संरक्षण, सडक तथा पूर्वाधार विकास, सरसफाइ, रोजगारी सिर्जना र नागरिकलाई सहज सेवा प्रवाह गर्ने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे। देशको समग्र विकाससँगै मधेश प्रदेशको आर्थिक, सामाजिक र भौतिक विकासलाई पनि सरकारले समान महत्वका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

 

पूर्वमन्त्री साहका अनुसार बलेन सरकार सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन प्रतिबद्ध रहेको छ। जनताको अपेक्षा अनुसार परिणाममुखी काम गर्दै समृद्ध नेपाल निर्माणतर्फ सरकार केन्द्रित रहेको उनले बताए।

उनले जनकपुरधामको धार्मिक महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न आवश्यक पूर्वाधार निर्माण, पर्यटक मैत्री वातावरण सिर्जना तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने कार्यक्रमहरूलाई सरकारले विशेष प्राथमिकताका साथ अघि बढाउने विश्वास व्यक्त गरे।

 उनले विकास र सुशासनको अभियानमा सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गर्दै जनकपुरधाम लाई अझ व्यवस्थित, स्वच्छ र समृद्ध सहर बनाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा राखे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..