टाटाको ‘पन्च डट ई भी’ जनकपुरधाममा पनि सार्वजनिक, ८ वर्ष चार्जिङ फ्री

17 दिन पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल

 जनकपुरधाम, श्रावण २६ गते 

 

नेपाली विद्युतीय सवारी बजारमा टाटाले पन्च डट ई भी मोडेल आकर्षक मोडेलमा अफर सहित देशभरी एकसाथ सार्वजनिक गरेको छ। जनकपुरधामको मुजेलिया स्थित टाटा सोरुम बाट पन्च डट ईभीका विभिन्न भेरियन्ट उपलब्ध हुने जनाइएको छ।

 

पन्च डट ई भीको मूल्य ३२ लाख ९९ हजारदेखि ३७ लाख ९९ हजार रुपैयाँ सम्म रहेको छ। खरिदकर्ताले नेपालभर रहेका टाटा चार्जिङ स्टेसनमा ८ वर्षसम्म निःशुल्क चार्जिङ सुविधा पाउने कम्पनीले जनाएको छ।

मुजेलिया स्थित टाटा सोरुमका म्यानेजिङ डाइरेक्टर गुड्डु जैनले आकर्षक मूल्य, निःशुल्क चार्जिङ र लामो वारन्टीका कारण पन्च डट ईभी ग्राहकका लागि उपयोगी हुने बताउनुभयो। उहाँका अनुसार ८ वर्षको निःशुल्क चार्जिङ र ११ वर्षसम्मको वारन्टीले ग्राहक लाई दीर्घकालीन सहजता प्रदान गर्नेछ।

टाटा सोरुमका रिजनल म्यानेजर ईश्वरकुमार सुवेदीले पन्च डट ईभीमा आधुनिक प्रविधि तथा सुरक्षालाई प्राथमिकता दिइएको बताउनुभयो। उहाँका अनुसार ३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग, भेन्टिलेटेड सिट र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता सुविधा यसमा रहेका छन्।

नेपालको सडक अवस्थालाई ध्यानमा राखेर उच्च ग्राउन्ड क्लियरेन्स दिइएको कम्पनीले जनाएको छ। पन्च डट ई भी पाँच विभिन्न रङमा उपलब्ध रहेको जनाइएको छ।

ब्याट्री र मोटरमा ८ वर्षको मानक वारन्टी रहेको पन्च डट ईभीमा नाइमा अफरअन्तर्गत थप ३ वर्षको वारन्टी निःशुल्क दिइनेछ। यससँगै कुल वारन्टी अवधि ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्म पुग्ने कम्पनीले जनाएको छ।

पन्च डट ईभी सार्वजनिक कार्यक्रममा टाटा सोरुम मुजेलियाका म्यानेजिङ डाइरेक्टर गुड्डु जैन, रिजनल म्यानेजर ईश्वरकुमार सुवेदी , मुकेश कुमार साह लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..