युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्छ : मन्त्री पटेल

15 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, श्रावण २७ गते 

 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संवाद फाउन्डेसन धनुषाको आयोजनामा जनकपुरधाम–८ स्थित मैथिली भवनमा ‘युवा संगम’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले युवामा रहेको ऊर्जा, जोश, क्षमता र सिर्जनशीलतालाई सकारात्मक दिशामा परिचालन गर्न सके मुलुकको विकासले गति लिने बताएका छन्।

मन्त्री पटेलले आफू पनि युवा पुस्ताको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी भएको उल्लेख गर्दै युवालाई अवसर र जिम्मेवारीबाट टाढा राखेर मुलुकको समग्र विकास सम्भव नहुने बताए। युवाको क्षमता, ऊर्जा र सिर्जनशीलतालाई राज्यको नीति निर्माण तथा नेतृत्वमा जोड्नुपर्ने उनको भनाइ थियो।

देशमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनमा युवाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै मन्त्री पटेलले युवाको शक्तिलाई कम आँक्न नहुने बताए। युवाको जोश र ऊर्जालाई सकारात्मक काममा प्रयोग गर्न युवा स्वयं पनि सचेत हुनुपर्ने उनको भनाइ थियो।

“हामी युवामा जुन एग्रेसन अर्थात् जोश र ऊर्जा छ, त्यसलाई कसरी सकारात्मक रूपमा प्रयोग गर्ने भन्ने विषयमा युवा आफैं सचेत हुनुपर्छ,” उनले भने।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवासँग प्रत्यक्ष संवाद र विचार आदानप्रदान गर्न आफू अन्य महत्वपूर्ण कार्यक्रम छाडेर कार्यक्रममा सहभागी भएको मन्त्री पटेलले बताए।

जयतु संस्कृतम् आन्दोलनदेखि विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनसम्म युवाले परिवर्तनको नेतृत्व गर्दै आएको उल्लेख गर्दै उनले युवा अवस्थामा प्राप्त ऊर्जा, शक्ति, क्षमता र सामर्थ्यलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिए।

मन्त्री पटेलले आधुनिकता र परिवर्तनसँगै नेपाली समाजको संस्कार, सम्मान र आपसी सद्भावलाई पनि निरन्तरता दिनुपर्ने बताए। युवाले आफूभन्दा वरिष्ठलाई आदर गर्ने र आफूभन्दा सानालाई माया गर्ने संस्कार कायम राख्नुपर्ने उनको भनाइ थियो।

युवालाई अवसर र जिम्मेवारीबाट लामो समयसम्म टाढा राख्दा नेतृत्वमा पुस्तागत असन्तुलन देखिन सक्ने उल्लेख गर्दै उनले समाजका हरेक क्षेत्रमा विभिन्न पुस्ताको समान र सम्मानजनक सहभागिता आवश्यक रहेको बताए।

“बुबा, बाजे, आमा, छोरा–छोरी गरी चार पुस्ताको समान र सम्मानजनक उपस्थिति हरेक क्षेत्रमा हुनुपर्छ। सबै जिम्मेवारी एउटै पुस्ताले मात्रै लिएर समाज पूर्ण हुँदैन,” उनले भने।

कार्यक्रममा युवा भाषण, युवा प्रस्तुति, प्यानल छलफल, सांस्कृतिक प्रस्तुति, कविता तथा गायन, खेलकुद र पुरस्कार वितरणलगायतका गतिविधि आयोजना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता संवाद फाउन्डेसनका अध्यक्ष प्रदीप महतोले गरेका थिए। कार्यक्रममा वरिष्ठ पत्रकार श्यामसुन्दर शशि, विद्वान् परमेश्वर कापडीलगायत विभिन्न क्षेत्रका व्यक्तित्व, युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..