युवा सोच रोजगारी सिर्जना गर्ने बन्न पर्यटन मन्त्री पटेलको आग्रह

2 महीना पहिले प्रकाशित

 रेविता कुमारी 

राष्ट्रिय आवाज

जनकपुरधाम

 अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा जनकपुरधाममा ‘From Job Seekers to Job Creators’ विषयक युवा उद्यमशीलता अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाली युवा उद्यमी मञ्च (NYEF) जनकपुरधाम च्याप्टर र FNCCI मधेश प्रदेशको सहकार्यमा मोनास्टिक स्कुल/कलेजमा आयोजित कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले युवाहरूलाई रोजगारी खोज्ने। भन्दा रोजगारी सिर्जना गर्ने सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो।

मन्त्री पटेलले युवामा रहेको ऊर्जा, क्षमता, सिर्जनशीलता र नयाँ सोचलाई उद्यमशीलता सँग जोड्न सके मधेशमा रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न सकिने बताउनुभयो। चुनौती बाट पछि हट्नु भन्दा सम्भावनाको खोजी गर्दै आत्मनिर्भर बन्नेतर्फ युवाको ध्यान जानुपर्ने उहाँको भनाइ थियो।

“रोजगारी खोज्ने मानसिकता बाट रोजगारी सिर्जना गर्ने सोच तर्फ अघि बढ्नुपर्छ,” मन्त्री पटेलले भन्नुभयो, “युवा उद्यमशीलताको विकासका लागि सरकार, निजी क्षेत्र र युवाबीच सहकार्य आवश्यक छ।”

 

कार्यक्रममा युवा उद्यमी मनिष रमनले उद्यमशीलता, नवप्रवर्तन तथा अवसर सिर्जनाका विषयमा प्रेरणात्मक धारणा राख्नुभएको थियो। सहभागी युवाहरूले उद्यम सञ्चालनका सम्भावना, चुनौती तथा अवसरबारे आफ्ना जिज्ञासा र धारणा प्रस्तुत गरेका थिए।

आयोजकका अनुसार कार्यक्रमले मधेशका युवालाई जागिरको प्रतीक्षामा बस्नुभन्दा आफ्नो सीप, क्षमता र सिर्जनशीलताको प्रयोग गरी उद्यमशील बन्न प्रेरित गरेको छ।पत्रकार नवीनकुमार शाहले सञ्चालन गर्नुभएको कार्यक्रममा युवा, उद्यमी, व्यवसायी, विद्यार्थी तथा विभिन्न क्षेत्रका पेशाकर्मीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..