वि.व्य.स. गठनको लागि श्री गोगल नमूना मावि बसहियामा कक्षागत भेला सुरु

6 दिन पहिले प्रकाशित

दिपक श्रेष्ठ मण्डल 

जनकपुरधाम, भदौ ५ गते 

 

विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया अघि बढाउँदै जनकपुरधाम–२४, बसहिया स्थित श्री गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा कक्षागत अभिभावक भेला–२०८३ सुरु भएको छ। विद्यालयको सभाहलमा भदौ ५ गतेदेखि सुरु भएको कक्षागत भेला अन्तर्गत कक्षा १ का अभिभावकहरूको भेला सम्पन्न भएको हो। भेलाले अभिभावक प्रतिनिधिका रूपमा रामशंकर प्रसाद साह, मोहम्मद हस्तम शेष, चन्द्रकला देवी सदा र अपसना खातुनलाई छनोट गरेको विद्यालयले जनाएको छ। कक्षा १ मा कुल १०२ जना अभिभावक रहेकामा ६९ जना अभिभावक भेलामा सहभागी भएका थिए। उल्लेख्य अभिभावक सहभागिताले विद्यालय व्यवस्थापन समिति गठनप्रति अभिभावक तथा समुदायको चासो र सक्रियता देखाएको सहभागीहरूले बताएका छन्। भेलामा जनकपुरधाम उपमहानगरपालिका–२४ का कार्यवाहक वडा अध्यक्ष शेषनाथ मण्डलको उपस्थिति रहेको थियो। वडा सदस्यहरू मोहम्मद अमजद हुसेन, शान्ति देवी र गायत्री ठाकुरसमेत कार्यक्रममा सहभागी थिए। त्यस्तै, विद्यालयका निवर्तमान व्यवस्थापन समिति अध्यक्ष तथा संस्थापक परिवारका शत्रुघ्न प्रसाद शर्मा, प्रधानाध्यापक महावीर दास, प्राथमिक तह संयोजक भरत सहनी लगायत शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको उपस्थिति थियो। विद्यालय व्यवस्थापन समिति गठनका लागि सबै कक्षाबाट अभिभावक प्रतिनिधि छनोट गर्ने उद्देश्यले कक्षागत भेला आयोजना गरिएको विद्यालयले जनाएको छ। प्रत्येक कक्षाबाट छनोट भएका अभिभावक प्रतिनिधिहरूको सहभागितामा आगामी चरणमा विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया अघि बढाइनेछ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास, विद्यार्थीको सिकाइ उपलब्धि तथा विद्यालय र समुदाय बीचको सहकार्यलाई थप प्रभावकारी बनाउन व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण हुने भएकाले कक्षागत भेलामा अभिभावकहरूको सक्रिय सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..

  सरोज मल्लिक  राष्ट्रिय आवाज  जनकपुरधाम, भाद्र ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहान..