शिक्षामा आमूल परिवर्तनको खाँचो, गुणस्तरीय र व्यवहारिक शिक्षा मेरो प्राथमिकता : सांसद यादव

2 महीना पहिले प्रकाशित

 

 

राष्ट्रिय आवाज

जनकपुरधाम 

धनुषा निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामबिनोद यादवले नेपालको शिक्षा प्रणालीमा आमूल सकारात्मक परिवर्तन आवश्यक रहेको बताएका छन्। उनले शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने भन्दै आफू त्यसका लागि प्रतिबद्ध रहेको बताएका छन्।

 

श्री जनता एकाई माध्यमिक विद्यालय, यादुकाहाको अनुगमनपछि ‘राष्ट्रिय आवाज’सँग कुराकानी गर्दै सांसद यादवले शिक्षा देश विकासको आधार भएकाले विद्यालय तहदेखि नै गुणस्तरीय र व्यवहारिक शिक्षाको सुनिश्चितता गर्नुपर्ने बताए।

उनका अनुसार अहिलेको शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यममा सीमित नभई विद्यार्थीलाई ज्ञान, सीप, प्रविधि र रोजगारी सँग जोड्ने खालको हुनुपर्छ। शिक्षामा सुधार नगरी देशको आर्थिक तथा सामाजिक विकासलाई अपेक्षित गतिमा अघि बढाउन कठिन हुने उनको भनाइ छ।

सांसद यादवले विद्यालयको भौतिक पूर्वाधार सँगै शिक्षण सिकाइको गुणस्तर, दक्ष शिक्षक, प्रविधिको प्रयोग, विद्यार्थीको नियमित उपस्थिति र व्यवहारिक शिक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

उनले बदलिँदो समयअनुसार शिक्षा प्रणालीलाई पनि परिवर्तन गर्नुपर्नेमा जोड दिँदै भने, “आजको आवश्यकता भनेको प्रविधिमैत्री, सीपमूलक र रोजगारीसँग जोडिएको शिक्षा हो। शिक्षामा सकारात्मक परिवर्तन ल्याउन म प्रतिबद्ध छु।”

विद्यालय अनुगमनका क्रममा शैक्षिक अवस्था, आवश्यक पूर्वाधार तथा विद्यार्थीको सिकाइ वातावरण बारे जानकारी लिएको बताउँदै यादवले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

विश्लेषकहरूका अनुसार नेपालको शिक्षा क्षेत्रमा सुधारको चर्चा लामो समयदेखि हुँदै आए पनि विद्यालयको भौतिक संरचना निर्माणसँगै शिक्षणको गुणस्तर, शिक्षकको क्षमता विकास, प्रविधिको पहुँच र शिक्षालाई रोजगारी सँग जोड्ने विषयमा अपेक्षित सुधार हुन सकेको छैन। यस्तो अवस्थामा जनप्रतिनिधिले अनुगमनलाई औपचारिकतामा सीमित नराखी समस्या पहिचान, नीति निर्माण र कार्यान्वयन सम्म भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ।

सांसद यादवको प्रतिबद्धता कार्यान्वयनमा परिणत भएमा धनुषा–२ लगायत मधेशका सामुदायिक विद्यालयमा गुणस्तरीय, प्रविधिमैत्री र व्यवहारिक शिक्षाको वातावरण निर्माणमा सकारात्मक प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..