रास्वपाको जनकपुरधाम–७ मा वडा पार्टी कार्यालय उद्घाटन

4 दिन पहिले प्रकाशित

 

सरोज मल्लिक 

राष्ट्रिय आवाज 

जनकपुरधाम, भाद्र ७ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहानगरपालिका–७ को वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ। वडा पार्टी सभापति महेश कुमार साहको अध्यक्षतामा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजकिशोर महतो प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

 

जनकपुरधाम–७ स्थित वशिष्ठ चोकमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। कार्यालय उद्घाटनसँगै वडा तहमा पार्टीको संगठनात्मक गतिविधि थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि सांसद राजकिशोर महतोले जनताको समस्या र आवश्यकता लाई प्राथमिकतामा राखेर वडा तहदेखि नै जनता सँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने बताए। उनले पार्टी कार्यालयलाई केवल राजनीतिक गतिविधिको केन्द्र नभई जनताका गुनासा, सुझाव र समस्यालाई सम्बन्धित निकायसम्म पुरयाउने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

“राजनीति जनताको सेवा गर्ने माध्यम हो। वडा तहमा संगठन बलियो बनाउँदै जनताका समस्या सुन्ने, समाधानका लागि पहल गर्ने र जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ,” महतोले मन्तव्यका क्रममा बताए।

 

कार्यक्रमका अध्यक्ष महेश कुमार साहले वडा पार्टी कार्यालय स्थापनाले स्थानीयस्तरमा संगठन विस्तार तथा जनतासँगको सम्बन्ध अझ मजबुत बनाउन सहयोग पुग्ने बताए। उनले वडा नं. ७ का नागरिकका समस्या तथा स्थानीय आवश्यकताका विषयमा पार्टीले निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले रास्वपाको संगठनलाई वडा तहसम्म थप सुदृढ बनाउँदै जनमुखी राजनीतिक गतिविधि लाई प्राथमिकता दिने बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..

  सरोज मल्लिक  राष्ट्रिय आवाज  जनकपुरधाम, भाद्र ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहान..