समुदाय स्तरमै रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न

3 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम, भदौ ८ गते 

 

समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रारम्भिक पहिचान गरी समयमै सूचना प्रवाह गर्ने उद्देश्यले समुदायमा आधारित रोग निगरानी प्रणाली (SORMAS) सम्बन्धित सरोकारवालाहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

 

PHRD को आयोजनामा तथा युनिसेफको आर्थिक सहयोगमा आयोजित अभिमुखीकरणमा समुदायमा आधारित रोग निगरानी प्रणालीको प्रभावकारी प्रयोग, रोग तथा स्वास्थ्यसम्बन्धी घटनाको पहिचान, सूचना संकलन र रिपोर्टिङ प्रक्रियाबारे सहभागीलाई जानकारी दिइएको थियो। 

कार्यक्रमको संयोजन लेखनाथ यादवले गरेका थिए भने हंसपुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत शिखा झा कार्यक्रम व्यवस्थापकका रूपमा सक्रिय रहेकी थिइन्। त्यसतै कार्यक्रममा जनस्वास्थ्य निरीक्षक सुजित मण्डलले सहजीकरण गरेका थिए। स्थानीय तहमा रोग निगरानी प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी र समुदाय मैत्री बनाउँदै सम्भावित स्वास्थ्य जोखिमको समयमै पहिचान तथा सूचना सम्प्रेषण लाई सुदृढ गर्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको आयोजकले जनाएको छ।

हंसपुर नगरपालिकाका वडा अध्यक्ष उदय कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका स्वास्थ्यकर्मी, समुदायका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरण मार्फत समुदायमा देखापर्न सक्ने सम्भावित रोग तथा स्वास्थ्यसम्बन्धी घटनाको प्रारम्भिक पहिचान देखि सम्बन्धित स्वास्थ्य निकायसम्म सूचना पुरयाउने प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट रोगको जोखिम न्यूनीकरण, समयमै सूचना प्रवाह तथा समुदायको स्वास्थ्य सुरक्षालाई सुदृढ गर्न योगदान पुग्ने आयोजकको विश्वास रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..

  सरोज मल्लिक  राष्ट्रिय आवाज  जनकपुरधाम, भाद्र ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहान..